g]sf s]Gb|Lo ;ldltsf] a}7s k|wfgdGqL Pj+ kf6L{ ;efklt z]/axfb'/ b]pjfsf] ;efkltTjdf g]kfnL sfFu|]; s]Gb|Lo sfo{;ldltsf] a}7s k|wfgdGqL lgjf; afn'jf6f/df laxLaf/ ljxfg a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

आज पनि काँग्रेस केन्द्रीय समितिको बैठक जारी, के-के विषयमा हुँदैछ छलफल ?

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक आज पनि जारी छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य, निर्वाचनमा पार्टी पराजयको समीक्षालगायत विषयमा छलफल भइरहेको पार्टी कार्यालयले जनाएको छ। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो।  बिहीबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू विमलेन्द्र निधि, चन्द्र भण्डारी, दीपक गिरी, शंकर भण्डारी, कल्याण गुरुङलगायत दुई दर्जन बढी नेताले बोलेका थिए।  बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणाम काँग्रेस अनुकूल आउन नसकेका कारणबारेमा व्यापक छलफल र अन्तक्रिया गर्न जरुरी रहेको बताएका थिए।

उनले निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्ने र राज्यको पुनःसंरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै पार्टीको आगामी रणनीति तय गरिनेसमेत बताएका थिए। बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको पराजयमा नेतृत्वको आलोचना र समीक्षा, राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, महासमिति बैठक बोलाउनुपर्ने, पार्टीको रुपान्तरणका लागि नयाँ रणनीति बनाउनुपर्नेलगायत विषयमा जोड दिएका थिए।  त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षण दिनुपर्ने, सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि र प्राविधिक टोली खटाउनेबारेमा समेत छलफल भइरहेको केन्द्रीय सदस्य बालकृष्ण खाँणले बताए। सरकारले यही माघ २४ गते राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि मिति घोषणा गरेको छ।  प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीमा संगठन सुदृढीकरणका साथै केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, केन्द्रीय विभाग गठन गर्नुपर्ने, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृसंस्थालाई पूर्णता एवं प्रभावकारी परिचालन गर्न माग उठिरहेको सन्दर्भमा यो बैठक बसेको हो। रासस

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com