डिल्लीबजार कारागारबाट ‘टिके डाका’ फरार कारागारको काँडेतार काटेर भागेको

काठमाडौंको डिल्लीबजार कारागारबाट एक जना कैदी गएराति भागेका छन् । चोरी मुद्दामा सजाय भोगिरहेका टिके डाका भनेर चिनिने टिकाबहादुर थापा मागर कारागारबाट भागेका हुन् । उनी कारागारको काँडेतार काटेर भागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख जयबहादुर चन्दले बताए । ‘उनी गएराति भागेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार कारागारभित्र कैदीको गणना गर्दा गल्ती भएको फाइदा उठाएर उनी भागेका हुन् । ‘कैदीको गणना हुँदा गल्ती भयो । त्यसैको फाइदा उठाएर ऊ लुकेर बस्यो’, प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि मौका पाउने वित्तिकै भागेको देखिन्छ ।’ थापा काठमाडौंमा चोरी, लुटपाट र डकैटी सम्बन्धी घट्नामा पटकपटक पक्राउ पर्ने गरेका व्यक्ति हुन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com