दीपायल तनावग्रस्त : चार राउण्ड आश्रुगाँस प्रहार

देश राजधानी माग्दै डोटीको दीपायलमा जारी आन्दोलन अराजक बन्दै गएपछि भीडलाई नियन्त्रण गर्न आज दिउँसो प्रहरीले चार राउण्ड आश्रु ग्यास प्रहार गरेको छ । आश्रुग्यास प्रहारबाट तीन जना घाइते भएका छन् ।
आश्रुग्यास प्रहारबाट दीपायल सिलगढी नगरपालिका–४ का ४३ वर्षिय भरत बिक, दिसिनपा १ का ४० वर्षिय नारायण खड्का र के आई सिंह गाउँपालिकाका करी भण्डारी घाइते भएका छन् । घाइते विकलाई धनगढी रिफर गरेको सुजङ अस्पताले जनाएको छ । अन्य २ जना सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको छ ।

आन्दोलनकारीले डोटी सदरमुकाम सिलगढीमा जिल्ला वन कार्यालय डोटीको भिआर मोटरसाइकलमा आगजनी गरेका छन । बा १ ब ७६३९ नम्बरको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सरकारले हिजो प्रदेश नं। ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेपछि दीपायलमा जारी आन्दोलन उग्र बन्दै अएको हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com