वीर अस्पताल नौ तलाको बन्ने, दुई अर्बमा ठेक्का दिइयो बहुवर्षिय योजना अनुसार उक्त भवन निर्माणको काम अगाडि बढाइएको

देशकै जेठो अस्पतालको रुपमा परिचित वीर अस्पताल आधुनिक र सुविधा सम्पन्न बनाउने काम अगाडि बढेको छ। अस्पतालको आकस्मिक कक्ष अगाडि रहेको क्वार्टर र नर्सिङ भवन भत्काएर खाली बनाइएको स्थानमा ७ सय शय्याको नयाँ भवन बन्ने निश्चित भएको हो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले भवन निर्माणका लागि बोलपत्र स्विकृत गरेको छ। न्याम्सको मंगलबार बसेको उपकुलपति स्तरिय निर्णयले सबैभन्दा कम रकम बोलकबोल गर्ने ‘जेडआइइसी–शर्मा–रसुवा जेभी’लाई भवन निर्माण दिने निर्णय गरेको हो। यो कम्पनीले वीर अस्पतालको उक्त भवन निर्माणका लागि २ अर्ब ३४ लाख बहत्तर हजार नौ सय पन्चानब्बे रुपैयाँ कबोल गरेको छ। यो रकम मूल्य अभिबृद्धि कर बाहेकको रहेको बताइएको छ ।

बहुवर्षिय योजना अनुसार उक्त भवन निर्माणको काम अगाडि बढाइएको हो। भवन तीन वर्ष भित्रमा बनिसक्ने योजना छ। ९ तले उक्त भवनमा दुई तले भूमिगत पार्किङ हुनेछ । सर्जिकल भवन नाम दिइएको उक्त कम्प्लेक्समा १५ वटा मेजर शल्यकक्ष, २० वटा सर्जिकल आइसियु, ३० वटा पोष्टअप वाए रहनेछन्। यसका साथै आधुनिक उपकरणहरु जस्तै पेटस्क्यान, एमआरआई, सिटीस्क्यान लगायतका सेवा समेत हुनेछ।

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com