मन्त्रिपरिषद्को बैठक केही समयका लागि स्थगित

बुधबारै दिउँसो फेरि बैठक बस्ने गरी बैठक स्थगित गरिएको हो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भने प्रदेशप्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्नेबारेमा छलफल भएको थियो । सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेशप्रमुखको सम्भावित नाम र केन्द्रकोबारेमा बैठकमा छलफल भएको बताए । उनले थप छलफल गर्नु जरुरी रहको भन्दै बुधबारै फेरि बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए ।

स्रोतकाअनुसार मन्त्रिपरिषद बैठकमा प्रदेश नम्बर–१ मा गोविन्द सुब्बा, प्रदेश–२ मा उमाकान्त झा, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा रत्नेश्वर कायस्थ, प्रदेश–६ मा चन्द्रकृष्ण घिमिरे र प्रदेश–७ मा मोहनराज मल्ललाई नियुक्त गर्नेगरी छलफल भएको छ । यद्यपि, अन्तिम निर्णय भने भएको छैन । मंगलबार पनि प्रदेशप्रमुख र अस्थायी राजधानी तोक्न भन्दै बैठक बोलाइएपनि बैठकै नबसी स्थगित गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशप्रमुखको नियुक्तिमा दलीय सहमति खोजेपनि त्यो सफल हुन नसकेपछि बैठक सार्नुपरेको थियो । सरकारले प्रदेशप्रमुख नतोक्दा निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन ।

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com