सडकमै संसद बैठक बोलाएर सरकार बनाउने वामदेवको चेतावनी जति लम्ब्याउँदै हुनुहुन्छ त्यति कपडा उहाँको शरीरबाट बाहिर जाँदैछ

शेरबहादुर देउवाले सत्ता हस्तान्तर गर्न आनाकानी गरिरहेका बेला एमाले उपाध्यक्ष वामदेव गौतमले भने सडकमै संसद बैठक बोलाएर सरकार गठन गर्ने चेतावनी दिएका छन् । आज भक्तपुरमा आयोजित संवाद साप्ताहिकको वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा यस्तो विचार राखेका हु्न् । प्रधानमन्त्री सरकारबाट हट्न आलटाल गरे त्यसको विरोधमा जनताकै माझबाट संसद बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गरिने बताएका हुन् नेपालको संविधानले दिएको अधिकारलाई प्रयोग गरेर संसद बैठक हामी बोलाउँछौं, हामीले नै सञ्चालन गर्छौं, सरकारलाई बर्खास्त गर्छौं, सिंहदरबारमा जनताका प्रधानमन्त्रीलाई राखेर साशन गर्छौँ, उनले भने, जनताको बीचमा जानेछौँ, लाखौँ करोडौं जनताको बीचबाट घोषणा गर्नेछौँ, अनि कांग्रेस सदाका लागि समाप्त हुनेछ।

सत्तालाई लम्बाएर वामगठबन्धनको एकता पक्रियालाई भाड्ने कुचेष्टा प्रधानमन्त्रीले गरेको साथै संविधानको आफुअनुकुल व्याख्या गरि सत्तामा टासिएको बताएका हु्न् ।  सत्तामा टाँसिएर प्रधानमन्त्रीले आफ्नो शरीरको कपडा गुमाइरहेको भन्दै गौतमले एकदिन निर्वस्त्र हुने टिप्पणी गरे। डेढ महिना हुन लाग्यो, कति सक्नुहुन्छ लम्ब्याउनुस्। जति लम्ब्याउँदै हुनुहुन्छ त्यति कपडा उहाँको शरीरबाट बाहिर जाँदैछ। उहाँको शरीरमा कपडा नै बाँकी नरहेको निर्वस्त्र शेरबहादुर देउवा हुने दिन आउँछ, गौतमले कटाक्ष गरे। सो अवसरमा उनले निर्वाचनमा पराजित भएकोमा कुनै दु ख नलागेको टिप्पणीसमेत गरे।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com