Nepali Congress leaders Ram Chandra Poudel (left) and Shashanka Koirala.

महामन्त्री कोइराला र बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवालाई भेटेर के भने ?

नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्। सोमबार बिहान नेताद्वय प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई भेटेका थिए। भेटमा कृष्ण सिटौला र विमलेन्द्र निधि समेत उपस्थित थिए। उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गर्दै विधि र विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न देउवालाई भनेका छन्। पौडेलले पार्टी अहिले संकटमा भएको बताउँदै करेक्सन गरेर नवजीवन दिनु सभापतिलाई आग्रह गरेका थिए। जवाफमा देउवाले सल्लाह गरेर बैठक बोलाउने बताउँदै पार्टीलाई सुदृढ गर्दै अघि बढाउनुको विकल्प नभएको बताएका थिए।

यस अघि आइतबार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुको छुट्टै बैठक बसेको थियो। उनीहरुको भेलाले प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवालाई आग्रह गर्दै भेटेर कुरा गर्ने जिम्मा पौडेललाई दिएको थियो। पौडेल पक्षीय युवा केन्द्रीय सदस्यहरुको सक्रियतामा आइतबार राजधानीमा भएको भेलाले सभापति देउवाले बैठक बोलाउन विलम्ब गरेर हस्ताक्षर अभियान चलाउने निष्कर्ष समेत निकालेको थियो। उनीहरुले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार टुंगो केन्द्रीय समितिबाटै लगाउनुपर्ने माग गरेका थिए।

 

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com