स्थानिय जनप्रतिनिधी र सरकारी कर्मचारी सवार जिप आज दुर्घटनामा परेको छ । उक्त घटनामा पारी मकालु गाउँपालिका प्रमुख खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरकाे जीप मकालु गाउँपालिका-३, सामाटारमा दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जाेशीले जानकारी दिएक छन । स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाकाे टाेली घटनास्थलतर्फ गइरहेकाे उनले बताए ।

English
MTV NEPAL MTVNEPAL


