निर्वाचनमा ११४ मध्ये ८३ उजुरीमाथि कार्वाही

निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती उजुरीको अध्ययन गरी ८१ वटाको कारबाही किनारा लगाइएको र ३३ वटा उजुरी केही गर्नु नपर्ने खालको भएको बताए । आचारसंहिता विपरीत आयोगमा सबैभन्दा बढी ३९ वटा गाडी प्रयोग गरेको उजुरी परेको थियो ।

यस्तैगरी कर्मचारीको सरुवा र काजसम्बन्धी ३१, विभिन्न निकायमा नयाँ कर्मचारी नियुक्तिका लागि परीक्षा सञ्चालन र करारमा भर्ना ११, निर्वाचनमा खटिने कर्मचारीको पाँच, विभिन्न समितिमा पदाधिकारी नियुक्ति र नगर तथा गाउँसभा सञ्चालनसम्बन्धी पाँच, मन्त्रिपरिषद् विस्तारसम्बन्धी एकवटा उजुरी दर्ता भएको थियो । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गत भदौ १४ देखि मंसिर २६ गतेसम्म निर्वाचन आचारसंहिता लागू भएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com