कमल थापा र पूर्वराजाबीच भेटवार्र्ता, यस्तो भयो कुरा

पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् ।  होटल सोल्टीमा शनिबार वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन्।  निर्वाचनमा अनपेक्षित हार बेहोरेका थापाले पार्टीको कार्यकर्ता भेटघाटको निहुँमा पूर्वराजालाई चुनावी नतिजाका विषयमा जानकारी गराएका थिए ।  उनले वर्तमान राजनीतिक अवस्था र राप्रपाको रणनीतिका विषयमा पूर्वराजा शाहसँग छलफल गरेको राप्रपा स्रोतले जनाएको छ।   बिहीबार बाँकेमा आएका शाहले शुक्रबार स्थानीय उद्योगी, व्यवसायी, विभिन्न नागरिक समाजका अगुवासँग पनि भेटघाट गरे ।  ‘पूर्वराजा र यहाँ हुँदा म नआउने भन्ने होइन, म आफ्नो कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएको हुँ’, राप्रपा अध्यक्ष थापाले भने

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com