पर्बत समाज स्पेनको अध्यक्षमा ओमरबहादुर गुरुङ निर्वाचित भएका छन्। आइतबार बार्सिलोनामा सम्पन्न समाजको अधिबेशनबाट गुरुङ सर्बसम्मत चयन भएका हुन्।
पर्बत जिल्ला घर भई स्पेनमा बसोबास गर्ने पर्बेतेलीहरुको एक भेलाले दुई वर्ष अघि गुरुङ कै अध्यक्षतामा समाजको तदर्थ समिति गठन गरेको थियो। नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा सन्तोष पौडेल,बिनु गुरुङ,महासचिवमा अनन्त लामिछाने,सचिव उमेश पुरी र कोषाध्यक्षमा अञ्जु तिमिल्सिना अधिकारी चयन भएका छन्।
यस्तै कार्यसमतिका सदस्यहरुमा राजेश रेग्मी,मुक्तिप्रसाद श्रेष्ठ,अस्मिता सिग्देल तिमिल्सिना,सावित्रा भुसाल,शिवप्रसाद पौडेल,अशोक गुरुङ र मनविर पुन चयन भएका छन्। समाजले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान समेत सम्पन्न गरेको छ

English
MTV NEPAL MTVNEPAL


