भुकम्पबाट ज्यान गुमाएकाको सम्झनामा नेपाल पदयात्रा हुँदै

२०७२ सालमा गएको भूकम्पमा ज्यान गुमाएका व्यक्ति र परिवारको सम्झनामा रसुवामा मंगलबारदेखि ‘नेपाल पदयात्रा’ सुरु हुने भएको छ ।  २ वर्षअघि नेपालमा गएको महाभुकम्पबाट ज्यान गुमाएका व्यक्ति तथा परिवारको सम्झनामा रसुवामा मंगलबारदेखि नेपाल पदयात्रा गरिने भएको छ ।

योङ्ग ड्रुक्पा एसोसियसन नेपाल र लिभ टु लभ इन्टरनेशनलले पुस ११ गतेसम्म नेपाल पदयात्रा सञ्चालन गर्न लागेको हो । रसुवाको उत्तरगया गाउँपालिकाको मैलुङबाट सुरु हुने पदयात्रा तिरु, ठुलोहाकु, गत्लाङ, गोङ्गाङ, थुमन टिमुरे हुँदै स्याफ्रुमा आएर टुङ्गिने छ । भूकम्प गएको वर्ष ‘नेपाल पदयात्रा’ सिन्धुपाल्चोकमा सञ्चालन गरिएको थियो ।पदयात्रामा ७० जना भिक्षु भिक्षुणी र एक सय ५० जना नेपाली तथा विदेशीको सहभागिता रहनेछ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com