मलेसियामा विदेशी कामदार लक्षित स्वास्थ्य बिमा बन्दै

२ पुस । मलेसियाले विदेशी कामदारहरुलाई लक्षित गरी नयाँ स्वास्थ्य बिमा ल्याउने तयारी गरेको छ । उक्त विमा योजनालाई मलेसियाको माथिल्लो संसदले पनि पारित गरिसकेको छ ।  उक्त योजनाअन्तर्गत विदेशी कामदारले सस्तो शुल्कमा बिमा सेवा लिन सक्नेछन् । संचार माध्यमहरुले उक्त योजना आगामी वर्षदेखि लागु हुने जनाइएको छ । मलेसियामा काम गरिरहेका कामदारहरु यसबाट लाभान्वित हुने पनि जनाएका छन् ।  कामदारको स्वास्थ्य र सुरक्षामा टेवा पुग्ने विश्वास मलेसियाको रहेको छ । यद्यपी यसको कार्यन्वयनका चरणहरुका थप प्रकृया भने बाकी नै छन् ।

विदेश जाने कयौं नेपाली कामदारको स्वदेशमै स्वास्थ्य बिमा गर्ने भएपनि कयौंको म्याद गुज्रने गरेको समस्या छ । क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार मलेसियामा मृत्यु हुनेमध्ये झण्डै आधाजसो विभिन्न कार्य क्षेत्रमा हुने दुर्घटना, सडक दुर्घटनाका कारण मृत्यु हुने एवं कयौं अंगभंग हुने गरेको देखिएको छ । विदेशमा अंगभंग हुँदा कतिपय बिमा दाबीसम्बन्धी पर्याप्त ज्ञान र प्रक्रियाबारे जानकारी नहुँदा उनीहरु बिमा प्राप्त गर्नबाट बञ्चित हुँदै आएका छन् । कतिपय रोजगारदाताको असहयोगका कारण पनि विदेशमा गरिने बिमाबाट बञ्चित हुने गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com