टेक्सासमा नेपाली भाषी तीन भुटानीको सडक दुर्घटनमा मृत्यु

२८ मंसिर । आइतबार साँझ टेक्सासको फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मुलका भुटानी शरणार्थीको मृत्यु भएको छ।  दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिक ५१ वर्षीय डम्बर कामी,  उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजीको मृत्यु भएको हो।  फोर्टवोर्थनजिकै ब्लु माउण्ड रोडमा आइतबार राती आठ बजे चर्चबाट घरतर्फ फर्कदै गरेको बेला एउटा पिकअप ट्रकले कारमा ठक्कर दिँदा कारमा रहेका उनीहरू मृत्यु भएको ट्यारन्ट काउन्टी मेडिकल एक्जामाइनर अफिसलाई उधृत गर्दै स्थानीय समाचार माध्यमहरूले जनाएको छ।  दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये  कारको पछिल्लो सिटमा रहेका अन्य दुई जना बालबालिका रहेको प्रहरीले जनाएको छ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com