१७ मंसिर । निर्वाचनका समयमा हुने गरेका शृंखलाबद्ध आक्रमण र वम विष्फोटका घटना लगातार हुदै गएपछि सरकार कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । साथै सुरक्षा रणनीतिमा समेत परिवर्तन ल्याइएको छ । निर्वाचन विथोल्ने गतिविधि गर्ने जो कोहीलाई सिधै गोली हान्ने अधिकार समेत प्रहरीले पाएको छ ।शनिबारमात्रै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरी सुरक्षाको पूर्ण प्रत्याभूतिको व्यवस्था मिलाउन निर्देशन दिइएको थियो । देशैभर सुरक्षा निकायको बलियो उपस्थिति रहेको र विष्फोटमा संलग्न भएकालाई नियन्त्रणमा लिइरहेको गृह प्रवक्ता नारायण शर्मा दुवाडीका भनाइ छ ।
नयाँ सुरक्षा रणनीति लागू गरिएको र निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिइएको गृहसचिव मोहनकृष्ण सापकोटाले प्रष्ट पारेका छन् । नयाँ सुरक्षा रणनीतिसँगै सरकारले सुरक्षा निकाय परिचालन गरेकाले विस्फोटका घटना नियन्त्रणमा आउने विश्वास गृह मन्त्रालयको छ । दिनहुँ विस्फोटका घटना भएपछि मतदातालाई सुरक्षित महशूस गराउने गरी सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेको निर्वाचन आयोगले पनि जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


