फ्रि भिषा फ्रि टिकटमा गएका कामदार मलेशियामा बन्धक

काठमाण्डौं –माघ –काठमाण्डौं अवस्थित मिथिला मेनपावर कम्पनिबाट बैदेशिक रोजगारीका लागि २०७३ सालमा तिन वर्षको लागि श्रम स्विकृत गरेर सरकारले बनाएको फ्रि–भिषा ,फ्रि टिकेटमा मलेसियाको रेडियन्स क्लिनीङ्क इन्टरप्राइजेज , सेलाङ्गर गएका १० (दश) जना कामदार समझौता अनुसार तिन वर्ष कार्य अवधि समाप्त गरि सकेर २०७६ सालको मन्सीर सम्म फर्किसक्नु पर्नेे थियो । जसको लागि मलेशियाको उक्त क्रम्पनीले फर्किने वातावरण मिलाई दिनुपर्ने थियो तर बदनियत बस रेडियन्स कम्पनिले निज कामदारहरुको मानव अघिकार समेत हनन गरि हाल सम्म बन्दि बनाई काम गराइ रहेको जानकारी हाम्रो सम्बाद दाता लाई मिथिला मेनपावर कम्पनीका कार्यालय प्रमुख सचिन सिंहले दिएको छ । साथै उक्त बन्धक बनाइएका कामदारका आफन्त ले तत्कालै आफ्नो मान्छे फिर्ता गराउनु पर्ने माग गरेका छन । कुनै पनि कामदार विदेशीनु पुर्व सरकारसँग श्रम स्विकृती लिनुको साथै कल्याणकारी कोषमा समेत जनही १५०० रुपैया जम्मा गरेको हुन्छ । जुन कोषको परिचालन बैदेशिक रोजगार बोर्डले गर्ने गरेको छ र यस कोषले कुनैपनि कामदार विदेशमा कुनै कारण अप्ठयरो परेको अवश्थामा उद्दार गर्नु पर्ने हुन्छ । यस्तो विदेशी कम्पनीले बन्धक बनाएको कामदारको उद्दधार को जिममेवारी नेपाल सरकारले लिनु पर्दैन ? ती कामदारलाई तत्कालै बन्घक मुक्त गर्ने पहल सरकारले गर्नु सरकारको धर्म होइन ? मेनपावले कामदारहरुलाई नेपाल राजदुतावासमा गएर सहयोग लिनका लागि आग्रह गरेका छन । कामदारहरुले राजदुतावासलाई फोनवाट तथा लिखित जानकारी गराएका छन । र आफनो उद्दारको लागि नेपाल सरकारवाट पतिक्षामा बसीराखेका छन । कसले गरिव कामदारलाई सकुशल नेपाल फिर्ता लाई दिने हो ? मलेशियाको डिमाण्ड प्रमाणित गर्ने नेपाल राजदुतावासले सहयोह गर्ला त् कि मेनपावरलाई दोष दिन्छ ?

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com