साहित्यकार डा. राजेन्द्र विमलको ७८ औं शुभजन्मोत्सव मनाइएको छ । डा. राजेन्द्र विमल प्रतिष्ठानको आयोजनामा काठमाडौंको एक कलेजमा कार्यक्रमको आयोजना गरि मनाइएको हो । कार्यक्रमको शुरुवातमा डा. राजेन्द्रको विमलीको नाममा जन्मोत्सवको केक काटिएको थियो । त्यस पश्चात कार्यक्रममा कवि जिवराज घिमिरे तथा कवियत्री दियलक्ष्मि पोखरेलद्धारा कविता वाचन गरिएको थियो ।
कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुले डा. विमलीको लागि शुमकामना सन्देशसहितको शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामना मन्तव्य राख्दै कोषराज न्यौपानेले डा. विमलको ८० औं जन्मोत्सव जानकी माताको काखमा मनाउने ईच्छा व्यक्त गर्नुभएको थियो । दिल पौडेलले रचनासहितको शुभकामना व्यक्त गर्दा भाषा आयोगका माननिय सदस्य डा. पुस्कारराज भट्टले डा. विमलीको मैथिलि क्षेत्रमा मात्र नभई सिंगो नेपाल राष्ट्रका निम्ति अतुलनिय योगदान रहेको बताउनुभयो । शुभकामना मन्तव्य राख्दै मधेसि आयोगका माननिय सदस्य रेनुदेवि शाहले डा.विमली नेपालको ऐतिहासिक ,साहसिक नेपाली कवि,कथाकार,रचनाकार रहेको भन्दै उहाँको जन्मोत्वको शुभकामना दिन पाउँदा आफुलाई गर्व महशुस भएको बताउनुभयो । कार्यक्रमका अन्य अतिथि गुणराज घिमिरेले डा. विमली एक र्मुदन्य व्यक्तित्व रहेको बताउनुभयो । मधेसि आयोगका माननिय सदस्य जिवराज शाहले डा. विमली राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्तित्व रहेको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा गायक हरिशंकर चौधरीको समुहद्धारा गायन प्रस्तुत गरिएको थियो । यस्तै अशोक सापकोटा ,सत्यराज पोखरेल,अशोक शिवाकोटी,रामजी पोखरेल लगायतले पनि आफ्नो सांगितिक प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा प्रल्हाद पोखरेलले डा. विमलीद्धारा लिखित ‘सरवरियाको कथा’ पुस्तकको समिक्षा गर्नुभएको थियो । कार्यक्रममा साहित्य तथा नाट्य क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै विभिन्न कलाकारद्धारा मैथिलि भाषामा एक सन्देशमुलक नाटक प्रदर्शन गरिएको थियो ।।
डा. विमल सन् १९४७ मार्च २६ मा जनकपुरको देविचोकमा जन्मनुभएको हो । नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गर्नुभएका उहाँले भाषा विज्ञान विषयमा पिएचडी गर्नुभएको छ ।।