आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको अन्य पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ ।

तर कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरू र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा मध्यान्ह पछि हावा हुरीको सम्भावना छ । यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागको केहि स्थानमा हिमपातको सम्भावना रहेको समेत विभागले जानकारी दिएको छ ।

पूर्वानुमान महाशाखाले मध्यान्हपछि हावा हुरीको पनि सम्भावना रहेकाले ति क्षेत्रहरुमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ ।

मंगलबार अर्थात भोली देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहँदा उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।।

THIS IS ADD AREA
x

Check Also

सरकारी तलब खाएर प्राईभेटमा अस्पतालमा भेटिन्छन् डाक्टर,,बिरामीको हरिबिजोग…..

सुदुरका बैतडी ,बाजुराका कुरा छोडौं मध्यका जुम्ला,हुम्ला,डोल्पा कालिकोटका स्वास्थ्य संस्थाका कुरै नगरौं संघिय राजधानि काठमाडौंमै अवस्थित ठुला ठुला सरकारी अस्पतालको सेवा प्रवाह कति नाजुक छ ...

Social Media Auto Publish Powered By : XYZScripts.com