बैंक घोटाला काण्डमा थप एक पक्राउ

मर्जर भइसकेको एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा थप एक जना पक्राउ परेका छन् ।

नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारी पक्राउ परेका हुन । उनी तत्कालिन एपेक्स बैंकका सञ्चालक थिए ।

अनुसन्धानको सिलसिलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।

यसअघि घोटालामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालत, काठमाडौंबाट बैंकिङ कसुरमा म्याद थप गरेर अनुसन्धान थालिएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको छ । करिब २६ जना नक्कली ऋणि तयार पारेर पुँजी अपचलन गरिएको थियो ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com