जनावरलाई दुःख दिनुहुन्छ ? कारबाहीमा पर्नुहोला

तपाईले कुनै जनावरलाई पिट्ने वा कुनै प्रकारको दुर्व्यवहार गरी दुःख दिने गर्नुभएको छ ? यदि गर्नुभएको छ भने आजैबाटै चटक्कै छाडिदिनुस् ।

किनकी सरकारले जनावरहरुलाई दुःख दिन नपाइने र दिएमा कारवाही गर्ने व्यवस्थासहितको कानुन बनाउँदै छ । साथै त्यसको सहज कार्यान्वयनका लागि छुट्टै निर्देशिका पनि बनाइँदै छ ।

पशुपंक्षी विकास मन्त्रालयले मानवअधिकार जस्तै जनावरका लागि पनि पशु कल्याणका मान्यताहरु स्थापित गर्न निर्देशिकाको मस्यौदा तयार पारेको छ । सहसचिव डा. वंशी शर्मा संयोजकत्वको समितिले तयार पारेको निर्देशिकाको मस्यौदामा खासगरी बस्तु ढुवानीमा प्रयोग हुने जनावरहरुलाई कस्तो व्यवहार गर्ने र कस्तो व्यवहार नगर्ने भन्ने विषयहरु उल्लेख छन् ।

हप्तामा एक दिन विदा

निर्देशिकाको मस्यौदामा काममा लगाइने जनावरहरुलाई हरेक दुई-दुई घण्टामा दानापानी र आरामको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

यस्तै अपाङ्ग र गर्भिणी जनावरलाई काममा लगाउन पाइने छैन भने यातना दिन पनि बर्जित गरिएको छ ।

यसैगरी जनावरलाई कुटपीट गर्ने र तर्साउन नपाउने निर्देशिकाको मस्यौदामा प्रस्ताव गरिएको छ ।

अबदेखि गोठालाले लौरो, छडी वा अन्य कुनै पनि औजारले जनावरलाई हिर्काएर पीडा दिनेगरी काममा लगाउन नपाउने प्रस्ताव गरेको छ ।

‘कुनैपनि जनावरलाई ४० डिग्री सेन्टिग्रेडभन्दा गर्मीमा काममा लगाउन पाइने छैन भने बढीमा एकदिनमा ८ घण्टामात्र काममा लगाउन पाइनेछ । काममा लगाउँदा पनि कम्तिमा दुई-दुई घण्टामा आराम गराउनुपर्ने छ,’ भारबाहक पशु कल्याण निर्देशिका मस्यौदा समिति सदस्य एवम् एनिमल नेपालकी अध्यक्ष प्रमदा शाहले भनिन् ।

पशुलाई हप्तामा एक दिन पूरै आराम दिनुपर्ने व्यवस्था पनि मस्यौदामा उल्लेख छ ।

गर्मीमा शितलमा राख्ने र जाडोमा चिसो सिरेटोले नहान्ने व्यवस्था मिलाउनुपर्ने छ ।

दानापानी खुवाएको कम्तिमा २० मिनेट आराम गराएपछिमात्रै भारी बोकाएर हिँडाउन वा काममा लगाउनुपर्ने छ ।

यस्तै निर्देशिकाले समय-समयमा जनावरको स्वास्थ्य जाँच गराउनुपर्ने समेत प्रस्ताव गरेको छ । निर्देशिका मन्त्रालयले पठाएपछि मन्त्रिपरिषदले स्वीकृत गरी लागु गर्नेछ ।

अवकाशको समेत व्यवस्था

निर्देशिका मस्यौदामा काममा लगाइने पशुको अवकाशको समेत व्यवस्था गरिएको छ । उमेर वा अन्य कारणले काम गर्न नसक्ने भएपछि पशुलाई काममा लगाउन र बेवारिसे अवस्थामा छाड्न पाइने छैन ।

निर्देशिकाले निवृत्ती जीवन व्यवस्थापनका लागि अर्को छुट्टै निर्देशिका तर्जुमा गरी कार्यान्वयन गर्ने प्रस्ताव गरेको छ ।

उल्लंघन गर्नेलाई मानवअधिकार हनन गरेसरह कारवाही

मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले विश्वमा पशु कल्याणलाई मानव सभ्यतासँग हेर्ने गरिएकाले पशुप्रतिको व्यवहारमा जिम्मेवार हुनुपर्ने बताए ।

निर्देशिकाका मस्यौदामाथि छलफल गर्दै उनले नेपालको मानवसभ्यताका लागि पशुप्रति गर्ने व्यवहारमा सुधार गर्न सरकारको निर्देशनअनुसार निर्देशिका ल्याइएको बताएका छन् ।

उनले जनावरहरुको पनि आत्मा हुन्छ र उनीहरुलाई पनि दुख्छ भन्ने कुरा आम नागरिकलाई बुझाउन जरुरी भएको बताए ।

THIS IS ADD AREA
x

Check Also

आज माघे सङ्क्रान्ति…राजधानीको टुंडिखेलमा पनि भव्य रुपमा मनाईंदै

थारु समुदायको प्रमुख चाड माघी आज देशभर मनाँईदैछ । थारु समुदायको मौलिक संस्कृति झल्किने मुख्य चाड हो माघी ..यसलाई मकर सङ्क्रान्ति अर्थात माघे सङ्क्रान्ति पनि ...

Social Media Auto Publish Powered By : XYZScripts.com