एसीसी प्रिमियर कपको फाइनलमा पुग्ने नेपालको सपना अधुरै,,सेमिफाईनलमा यूएई ६ विकेटले विजयी

यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाईनलका लागि आज यूयई र साविक विजेता नेपालबिच ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा प्रतिस्पर्धा भएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले यूयईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य ४ विकेटको क्षतिमा १८ औं ओभरमा पुरा गर्दै यूएई फाईनलमा प्रवेश गरेको हो ।

यूएई विरुद्ध नेपालको आजको प्रस्तुति कमजोर देखियो । नेपालका लागि सन्दीप जोराले बाहेकका अन्य खेलाडिको प्रर्दशन सोचेअनुरुपको देखिएन । यूयईको सहज जितमा सन्दिपले ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए ।

आजको खेलमा पराजित भएसंगै नेपालको एसिया कप खेल्ने सम्भावना सकिएको छ । अब नेपालले शनिबार एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । आजै दोस्रो सेमिफाईनलको खेल हुँदै छ । यसमा पराजित हुने टोलीसंग नेपालले तेस्रो स्थानका लागि भिड्ने छ । तेस्रो हुने टोली फाइनल खेल्ने टोलीसँगै एमर्जीङ कपका लागि भने छनोट हुनेछ । यता नेपालसंग विजयी हासिल गरेको यूएई भने आइतबार हुने फाइनलमा अहिले हुन लागेको खेलको विजयी टोलीसंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनल खेल अन्तर्गत ओमान र हङकङबिचको खेल अहिले केहि बेरमा शुरु हुनेछ ।।

THIS IS ADD AREA
x

Check Also

सरकारी तलब खाएर प्राईभेटमा अस्पतालमा भेटिन्छन् डाक्टर,,बिरामीको हरिबिजोग…..

सुदुरका बैतडी ,बाजुराका कुरा छोडौं मध्यका जुम्ला,हुम्ला,डोल्पा कालिकोटका स्वास्थ्य संस्थाका कुरै नगरौं संघिय राजधानि काठमाडौंमै अवस्थित ठुला ठुला सरकारी अस्पतालको सेवा प्रवाह कति नाजुक छ ...

Social Media Auto Publish Powered By : XYZScripts.com