चार पदाधिकारी र चार सदस्यमा तराई फोरमको दाबी ।

काठमाडौं,३० भदौ । तराई वैदेशिक रोजगार फोरमले नयाँ नेतृत्व चयन गरेको छ । फोरमको यही भदौ २८ गते बसेको बृहत भेलाले शितल प्रसाद यादवको नेतृत्वमा सर्वसम्मतीमा १८ सदस्यीय कार्य समिति चयन गरेको हो । भेलाले चार जना सल्लाहाकार समेत चयन गरेको छ ।
अध्यक्षमा शितल प्रसाद यादव,वरिष्ठ उपाध्यक्षमा अख्तर हुसैन,उपाध्यक्षमा नवलकिशोर यादव,उपाध्यक्ष श्रीमती अन्जुला यादव,महासचिवमा कमल कुमार यादव,सचिवद्वय हृदय नारायण दास,असगर अली र विरेन्द्र कुमार यादव,कोषध्यक्षमा राजेश्वर राय चयन भएका छन भने सदस्यहरुमा दिनेश कुमार राय,हरिसुन्दर सिंह,रामबाबु महतो,संजय चौधरी,मोहम्मद रजा,भोपाल प्रसाद साह,अनवर अली मियाँ,श्यामबाबु राय यादव सर्वसम्मत चयन भएका छन् । भेलाले रविन्द्र प्रसाद यादव,जुबैर अहमद खान,विश्वनाथ साह र प्रेम नारायण थापालाई सल्लाहाकारमा चयन गरेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी असोज सात गते हुने निर्वाचनमा तराई वैदेशिक रोजगार फोरमले चार पदाधिकारी र चार सदस्यमा दाबी गरेको छ । जुन गठबन्धनले माग पुरा गर्छ,उसलाई तराई फोरमले सहयोग गर्ने अध्यक्ष शितल प्रसाद यादवले जानकारी दिनु भयो ।

हृदय नारायण दास

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com