काठमाडौंमा घर नभएका विधार्थी भोक भोकै

चिनको वुहान प्रान्तवाट फैलिएको कोरोना भाईरसको (कोभिड–१९) हालसम्म करिव २०५ भन्दा वढि मुलुकका लगभग १६ लाख मानिसहरुमा संक्रमण देखा परिसकेको छ भने करिव ९० हजार जनाले ज्यान गुमाईसकेका छन् । अमेरिका यूरोप लगायत विकसित देशहरुमा यो रोगको प्रभाव अत्याधिक मात्रामा परेको छ । एक मानिसवाट अर्को मानिसमा सजिलै सर्ने यो रोगलाई विस्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरीसकेको छ भने विश्वका प्राय सवै मुलुकले वन्दावन्दि (लकडाउन) को घोषणा गरी मानिसहरुको भेटघाट तथा आवतजावतमा रोक लगाएका छन् ।

यसै सन्दर्भमा, नेपालले पनि यहि चैत्र ११ गतेदेखि वन्दावन्दि (लकडाउन)को घोषणा गरी मानिसहरुको भेटघाट तथा आवतजावतमा रोक लगाएको छ । जसका कारण अत्यावसयक वाहेकका सवारीसाधनहरु तथा आममानिहरुको हिंडडुलमा पुर्णरुपमा रोक लागाईएको छ भने सरकारी घोषणको उलंघन गर्नेहरुलाई पक्रउ तथा कारवाही थालिएको छ । पुर्व तयारी तथा नागरीकहरुलाई आ–आफ्नो ब्यवस्थापनको लागि यथेष्ट समय विनानै आनायासै वन्दावन्दीको घोषणा भएको यो अवस्थामा मानिसहरु जहाँको त्याहिं रहन वाध्य भएका छन् । जसका कारण दैनिक मजदुरी गरी खाने मानिसहरु तथा पढाईको शिलशिलामा आफ्नो घर छोडेर काठमाडौं लगायतका सहरहरुमा डेरागरी वस्ने विद्यार्थीहरु ठुलो मारमा परेका छन् ।

विद्यार्थीको भनाई
सरकारले स्थानिय निकाय मार्फत विपन्न वर्ग तथा दैनिक मजदुरी गरीखानेहरुका लागि राहातको ब्यवस्था गरे ता पनि आफुहरुको लागि भने कुनै ब्यवस्था नगरीएको विद्यार्थीहरुको गुनासो रहेको छ । खर्च सामल सकिएका यस्ता विद्यार्थीहरुको लागि राहत वितरणको जिम्मा पाएको स्थानिय निकायले के गर्दै छ त ?

स्थानिय निकायको भनाई
यो संकटपुर्ण परिस्थितीमा, परिवार संग टाढा हुनुको पिडा अनि खाध्य सामाग्रीको अभावको छट्पटिले, देशकै सुनौलो भविष्य विद्यार्थी वर्गमा कतै समस्या त उत्पन्न हुने होईन ? सरकार यस कुरामा गम्भीर हुनुपर्ने देखिन्छ ।खाध्य संकटमा परेका विद्यार्थीहरुको पहिचान गरी यथासक्य चाँडो राहत उपलब्ध गराउनु अत्यान्त जरुरी देखिन्छ ।

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com