एनआरएन निर्वाचनमा कसले कति मत पाए ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएएन) को नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि पन्त निर्वाचित भएका हुन् ।

निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो । ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए । निर्वाचन समितिले मत गणनाको औपचारिक घोषणा भने केही बेरमा गर्ने जनाएको छ । दुवै प्यानलबाट मिश्रित परिणाम आएको छ ।

अध्यक्ष–कुमार पन्त (१२१७ विजयी), कुल आचार्य (१०७०)

उपाध्यक्ष– डा. वद्री केसी (११६३-विजयी)

उपाध्यक्ष–अर्जुन कुमार श्रेष्ठ (१०२६-विजयी)

उपाध्यक्ष– सोनाम लामा (८१८- विजयी)

उपाध्यक्ष– मन केसी (९६१-विजयी)

महिला उपाध्यक्ष– रविना थापा (१२३२- विजयी), सपिला राजभण्डारी (८६३)

महासचिव– डा. हेमराज शर्मा (११३९- विजयी), (जानकी गुरुङ-१०५३)

सचिव– गौरी जोशी (९१६-विजयी)

सचिव– आरके शर्मा (८६८-विजयी)

कोषाध्यक्ष –महेशकुमार श्रेष्ठ (१६५३- विजयी), सुदन थापा (५४७)

सहकोषाध्यक्ष– लोकप्रसाद दाहाल (११८४-विजयी), गोविन्द गौतम (८५२)

महिला संयोजक –भुमा लिम्बू (७०२-विजयी) संगीता मरहठ्ठा (६५२)

युवा संयोजक – हिमाल गुरुङ (७६८-विजयी), सुदीप कार्की (६५५)

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com