अस्ट्रेलियाले हात पार्यो रग्बी विश्वकपको उपाधि

यस वर्षको रग्बी लिग विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ ।

ब्रिसबेनमा गएराति भएको फाईनल खेलमा इंग्ल्याण्डलाई ६–० को अन्तरमा हराउँदै घरेलु टोली अस्ट्रेलियाले उपाधि जितेको हो । अस्ट्रेलियाको यो उपाधि अन्तर्राष्ट्रिय रग्बीमा एघारौं प्रमुख उपाधि हो ।

उता, इंग्ल्याण्ड भने पछिल्लो २२ वर्षमा कुनै पनि अन्तर्राष्ट्रिय रग्बीको फाईनलमा पुगेर पनि उपाधि जित्नबाट बञ्चित रह्यो । प्रतियोगिताको समूह चरणको खेलमा पनि अस्ट्रेलियाले इंग्ल्याण्डलाई हराएको थियो ।

रग्बी लिग विश्वकपको महिलातर्फको उपाधि पनि अस्ट्रेलियाले जितेको छ । फाईनलमा न्युजिल्याण्डलाई २३–१६ ले हराँउदै अस्ट्रेलियन महिला टोलीले उपाधि जितेको हो ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com