संघीय समाजवादी फोरमको जीप खोलामा खस्दा चालकको मृत्यु

गौर, मंसिर १७ । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जीप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ ।

बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जीप भकुवा खोलामा खस्दा चालक भारतको बिहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातजना घाइते भएका छन् ।

घाइते दुईजनालाई स्थानीय अस्पतालमा तथा पाँचजनालाई नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरी उपरीक्षक विनोद पोखरेलले जानकारी दिए ।

रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा कार्यकर्ता चढेको उक्त जीप दुर्घटनामा परेको हो

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com