भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को विरोध गरिरहँदा संमदमा पनि यस विषयमा आवाज उठेको थियो । विभिन्न पार्टीका सांसदविच चर्काचर्कि पनि भयो । त्यसैले अहिले सो मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ ।
सामाजिक सञ्जालमा अहिले हेर्ने हो भने नागरिकतासंग जोडिएका विभिन्न घटनाहरु सार्वजनिक भईरहेका छन् । विशेषगरि नेपालका तराईबासीहरुले नागरिकताको झण्झट झेलिरहेका झन् । पहाडी क्षेत्र तथा हिमाली क्षेत्रका नागरिकहरुको जति सहजै नागरिकता बनाउने सुविधा पाएका छन् तराईवासीहरुले उत्तिनै सकस व्यहोरिरहेका छन् । भारतसंग खुला सिमाना जोडिएका जिल्लाहरुमा नागरिकता बनाउन महाभारत नै हुन्छ । खुला सिमानाले विभिन्न बहानामा भारतियहरु नेपालमा सजिलै प्रवेश गर्ने गर्दछन् । उनिहरुले देशका विभिन्न ठाउँहरुमा आफ्नो अड्डा जमाएर बसेका छन् । ती मध्ये अधिकांश तराईका जिल्ला तथा नेपालका ठुलाठुला सहरहरुमा भिख मागिरहेका देखिन्छन् । ससाना बालबालिका सहित धेरैको संख्यमा महिला तथा पुरुषहरु बाटोमा मागिरहेको अवस्थामा देखिन्छन् । ती मध्ये केहि शारिरिक रुपले अलि अशक्त देखिन्छन् भने प्राय काम गरेर खान सक्ने देखिन्छन् तर विशाल देश भारतका ति नागरिकहरु नेपालमा मगन्ते तथा जोगीका रुपमा भेटिन्छन् । धेरैजसो उनिहरु भारतको युपि,विहार,पटना लगाएतका ठाउँका छन् ।
यसरी अस्वभाविक रुपमा नेपालमा रहेका उनिहरुप्रति नेपाल सरकारले अति चनाखो हुनु पर्ने देखिन्छ । किनकी उनिहरु मध्ये झट्ट हेर्दा कोही कोहि लागुपदार्थले लट्ठ भएका,अपराध गरेर सजाय छल्न नेपाल छिरेका जस्ता पनि देखिन्छन् । उनिहरुलाई हाम्रो टिमले के कारणले यहाँ यस्तो अवस्था आएको भनेर बुझ्न खोज्दा यस्तो भन्छन् “हामी धेरै गरिब छौं । त हामीलाई सरकारले हेर्नुप¥यो । ”अझैं भन्छन्“ त हामीलाई नेपालको नागरिकता चाहियो ।” यसरी खुलेआम भारतिय मगन्तेले नेपाली नागरिकता चाहियो भनेर भन्न सक्दा सरकारलाई गिज्याएको होईन । हो यिनै भारतिय मगन्तेलाई गर्दा पनि तराईबासीलाई नागरिकता पाउन झण्झट भएको देखिन्छ । छिमेकि मुलक भएकाले पनि भारतसंग हाम्रा धेरै कुराहरु मिल्न जान्छन् । अझ विशेषगरि तराईवासीहरुको रहनसहन ,भाषा, भेषभुषा अझ धेरै मिल्न जान्छ त्यसैले पनि नागरिकता बनाउन जाँदा छ पुस्ते सोधिन्छ ।
यी मात्रै होईन विभिन्न व्यापार व्यवसायका नाम नेपालमा केहि समय बिताउने अनि आफुलाई नेपाली नागरिक हुँ भन्दैे किर्ते कागजात बनाएर नेपाली नागरिकता बनाउने गरेका पनि धेरै छन । के अब यसरी चल्छ छ ?सम्बन्धित निकायको यसमा ध्यान जानु पर्दैन ? स्थानिय सरकाले आफ्ना नागरिक पहिचान गरि सुविधा दिन असमर्थ भएको हो ? त्यसो भए स्थानिय सरकारको काम के त ? सरकारलाई यतिका भागमा विभाजन गर्नुको औचित्य के त ? आम नागरिकले सहजै सरकार भएको महशुष गरुन ,हरेक सुविधा सजिलै पाउन भनेर होईन ? मिडिया देखेपछि भाग्ने ,अनुहार लुकाउने लगायतका उनिहरुका क्रियाकलापले भोली आम नेपाली नागरिकले असुरक्षित हनुपर्ने अवस्था नआउला भन्न सकिदैन । अब सरकारले यिनिहरुका लागी कडा निति ल्याउन जरुरी छ । याद रहोस् कुनैपनि नेपाली नागरिक नागरिकताबिहिन नहोस् कुनै एउटा विदेशिले पनि नागरिकता पाउन नसकोस् ।

भिडियोका लागी तलको लिंक क्लिक गर्नुहोस्

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com