टिपिएस नविकरणका लागी नेपाल सरकारबाट आवश्यक पहल गर्न एनआरएन अमेरिकाद्वारा औपचारिक आग्रह

अमेरिका रहेका हजारौं नेपालीलाई प्राप्त टिपिएस Temporary Protected Status (TPS) सुबिधा नविकरण गर्नका लागी नेपाल सरकार मार्फत आवश्यक पहल थाल्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले औपचारिक अनुरोध गरेको छ । अमेरिकामा रहेको नेपाली राजदुतावासलाई एनआरएन अमेरिकाले टिपिएस नविकरणका लागी नेपाल सरकार मार्फत आवश्यक पहल गरिदिन एक ज्ञापण पत्र समेत बुझाएको छ । हालै एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलको नेतृत्वमा गएको टिमले नेपालीलाई प्राप्त टिपिएस नविकरण गर्न अमेरिकास्थित नेपाल ककस संग सम्बन्धित कंग्रेसम्यान र होमल्याण्ड सेक्युरीटीका अधिकारीसंग अनुरोध र छलफल गरेको थियो । सो छलफलका क्रममा नेपाल सरकारले आधिकारीक रुपमा टिपिएस नविकरणका लागी अनुरोध गरेमा सम्बन्धित निकायले नविकरणका लागी प्रक्रिया शुरु गर्ने बताएपछि एनआरएन अमेरिकाले राजदुतावासलाई ज्ञापणपत्र बुझाएको हो ।

करिब ३ बर्ष अघि नेपालमा भएको महाभुकम्प पछिको परिस्थतीलाई मध्यनजर गर्दै अमेरिकामा रहेका नेपालीलाई टिपिएस प्रदान गरेको थियो । आउंदो जुन महिनादेखी समाप्त हुन लागेको टिपिएस नविकरण हुने कि नहुने आउंदो मार्च महिनामा निर्णय हुने सम्बिन्धत निकायका अधिकारीहरुले बताइसकेका छन् । ट्रम्प सरकारको पछिल्लो आप्रवासी निती र बिभिन्न देशको टिपिएस नविकरण नगरेका कारण नेपालको टिपिएस के होला भन्ने अन्यौलग्रस्त अवस्थामा एनआरएन अमेरिकाले नविकरणका लागी पहल थालेको हो ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com