वैदेशिक रोजगारीले डाक्टर ।

काठमाडौं । वैदेशिक रोजगारीले जनकपुरका एक निम्न बर्गिय परिवारका सदस्यलाई डाक्टर बन्न सहयोग पु¥याएको छ । धनुषाको जनकपुरमा रहेको जानकी मेडिकल कलेजका डाक्टर रञ्जित पन्जियारको परिवार आर्थिक संकटमा गुज्रि रहेको थियो । पढाईमा तिक्ष्णवुद्धि भएका रञ्जितका पिताले छोरालाई डाक्टर बनाउन वैदेशिक रोजगारीको लागि खाडी मुलुक पुगे । छोरा रञ्जित पन्जियारले धेरै मिहिनेत गरेर बाबुको कमाईको सदुपयोग गर्दै डाक्टर जस्तो विशिष्ट पदबी हासिल गर्न सके । पन्जियार अहिले जानकी मेडिकल कलेजको विद्यार्थी भर्ना विभागका प्रमुख रहेका छन् । मिथिला बहसमा कुराकानी गर्दै डा.रञ्जितले वैदेशिक रोजगारीले आफ्नो डाक्टर बन्ने सपना पुरा गरेको उल्लेख गरेका छन् ।
वैदेशिक रोजगारीले सहयोग पु¥याएका यस्ता सयौं घटनाहरु ओझेलमै छन् । यो त एउटा उदाहरण मात्रै हो । रेमिट्यान्सले देशको ३३ प्रतिशत ठाउँ ओगटेको छ भने हरेक घरपरिवारमा खुशी समेत छाएको छ । वैदेशिक रोजगारीले निम्न र मध्यम बर्गिय परिवारमा पुगेको सहयोगको कम चर्चा हुने गरेको छ । अर्को तर्फ वैदेशिक रोजगारको वारेमा गलत टिकाटिप्पणीले गर्दा यो क्षेत्र बदनाम हुन पुगेको छ ।

THIS IS ADD AREA
x

Check Also

कम्पनीका संचालक तलब नदिई फरारः डेढ सय नेपालीहरुको कतारमा बेहाल ।

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com