राष्ट्र संघ खनियो उत्तर कोरियामाथि, प्रतिबन्ध थप कडा बनाइने

संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ । अमेरिकाले प्रस्तुत गरेको प्रस्तावको पक्षमा सुरक्षा परिषद्का सबै सदस्य राष्ट्र सहमत भएका छन् । संयुक्त राष्टसंघले उत्तर कोरियामाथिको प्रतिबन्ध नहताउने बरु थप कडा बनाउने निर्णय गरेको छ । जुन प्रस्ताव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा सर्वसम्मतिले पारित भएको छ । उत्तर कोरियाले मिसाइल परीक्षण नरोकेको र त्यसलाई निरन्तरता दिएको भन्दै संघले यस्तो निर्णय गरेको हो ।

नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियामा हुँदै आएको तेल तथा पेट्रोलियम पदार्थको आयात कम गरिने छ । जसको परिणाम स्वरुप उत्तर कोरियाले आफ्ना ब्यालेष्टिक परीक्षण कम गर्ने अपेक्षा पनि लिइएको छ । पेट्रोलको आयात ९० प्रतिशत भन्दा बढीले घटाउने पारित प्रस्तावमा उल्लेख छ । उत्तर कोरियाको प्रमुख व्यावसायिक साझेदारको रुपमा रहँदै आएका चीन तथा रुसले पनि प्रस्तावको पक्षमा मत दिएका छन् । ब्यालेस्टिक मिसाइल परीक्षण तथा परमाणु कार्यक्रमका कारण उत्तर कोरियामाथि यसअघि नै अमेरिका, संयुक्त राष्ट्रसंघ तथा युरोपेली युनियन ९ईयु० ले प्रतिबन्ध लगाउँदै आएका थिए ।

 

 

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com