साउदीमा कामदारले अनिवार्य रुपमा तलब कार्ड प्रयोग गर्नुपर्ने

२६ मंसिर ।  कामदारहरुको पारिश्रमिकको लुटपाट वा चोरी हुने समस्या देखिरहेका बेलामा साउदीको सरकारले एउटा नयाँ नीति कार्यन्वयनमा ल्याएको छ । साउदी अरबले घरेलु कामदारको पारिश्रमिक सुरक्षा गर्न तलब कार्ड अनिवार्य गर्ने नियम शनिबारबाट लागू गरेको छ । साउदीमा घरेलु कामदारअन्तर्गत निजी सवारी चालक, हाउसमेड, माली, उँट बाख्रा हेरालु र खेतीपाती मा काम गर्ने कामदार पर्छन् ।

श्रम मन्त्रालयका प्रवक्ता खालिद अबा अल–खैलका अनुसार घरेलु कामदारको तलब बैंकबाट नियमित रूपमा पाउने गरी तलब कार्ड दिनुपर्ने नियम लगाइएको हो । ‘साउदीमा कामदार आइपुगे लगत्तै स्पोन्सरले पिप्रेड कार्ड वा तलब कार्ड दिनुपर्छ,’ स्थानीय अरबिक समाचारपत्र अल–इक्टी सादिअहसँग खैलले भनेका छन्, ‘यसले समयमा तलब पाउने अवस्थालाई सुनिश्चित गर्छ ।’ साउदीमा घरेलु कामदारलाई स्पोन्सरहरूले समयमा तलब दिने गरेका छैनन् । महिनौंसम्म तलब नदिई कामदारहरूलाई जबर्जस्ती काम गर्न बाध्य बनाउने गरेको छन् । यसबाट नेपाली कामदारहरू वर्षौंसम्म घर फर्किनसमेत वञ्चित हुनुपरेको छ ।
साउदीका सबै बैंकहरूले ‘पेरोल कार्ड’ दिन सक्ने सुविधा दिएको छ । साउदी इन्भेस्टमेन्ट बैंकका वेबसाइटमा पेरोल घरेलु कामदारको सुविधाका लागि ल्याइएको हो । यो कार्ड भएका कामदारले एटीएमबाट आफ्नो तलब झिक्न पाउने सुविधा दिइएको छ । नेपालसहित एसियन देशले तलब नदिने समस्या भएपछि साउदीमा घरेलु कामदार पठाउन रोक लगाएको छ । साउदीले स्रोत देशहरूले लगाएको प्रतिबन्ध खुलाउनका लागि घरेलु कामदारलाई अधिकार दिने र उनीहरूको तलब सुरक्षा गर्ने गरी कानुन र नियमहरू नयाँ बनाउँदै ल्याएको हो ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com