सवारी दुर्घटनामा परी २ जनाको मृत्यु ।

झापा, ५ कात्तिक । शिबसताक्षी नगरपालिका ७ शिवचोकस्थित सडकमा मे २ प ३५३९ नम्बरको मोटरसाइकलले सोमबार बेलुका ठक्कर दिंदा गम्भीर घाइते भएका बुद्धशान्ति गाउँपालिका ३ बस्ने ४२ वर्षीय ईन्द्र बहादुर दंगालको उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापा, कमल गाउँपालिका ३ कमलपुलस्थित सडकमा मे १ ख ३०८७ नम्बरको बस अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार दमक नगरपालिका ८ बस्ने २६ वर्षीय शंकर पौदारलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । हाल फरार बस र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com