बालुवाटारमा एमाले–माओवादीको बैठक शुरु

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा शुरु भएको छ ।  साँझ ७ बजे बस्ने भनेर बोलाइएको बैठक करिब आधा घण्टा ढिलो गरी शुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता द्वय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, एमाले महासचिव इश्वर पोखरेल लगायत सहभागी छन् ।

सोमबार विहान ओली र प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा पार्टी एकता गर्ने सहमति भइसकेको र अहिलेको बैठकले त्यसलाई औपचारिकता दिने नेताहरुको भनाइ छ ।  ओली र प्रचण्डबीच एकता पछि बन्ने पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति भएको नेताहरुले बताएका छन् । सहमतिअनुसार ओली र प्रचण्ड दुबैले पार्टीको नेतृत्व गर्नेछन् । सहअध्यक्ष वा द्वितीय अध्यक्ष के भन्ने विषयमा अहिलेको बैठकले टुंगो लगाउने जनाइएको छ ।  जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई बहसमा लैजान दुबै नेता (ओली र प्रचण्ड) सहमत भएका जनाइएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com