१३ पुस, काठमाडौं । पछिल्लो समय अभिनयमा व्यस्त मोडल तथा अभिनेत्रि विना थापाको सवारी दुर्घटनामा परि निधन भएको छ ।
काठमाडौंमा बुधबार भएको सवारी दुर्घटनामा २७ वर्षीय कलाकार थापाको मृत्यु भएको हो । बुधबार बत्तीसपुतलीमा बा २ ख ८९४ नम्बरको पानी ट्याङ्करले बा ५५ प १३८७ नम्बरको स्कुटरमा सवार कलाकार थापालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते विनाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
गुल्मीको मुसिकोट गाउँपालिका–२ की विना पछिल्लो समय राजधानीमै बसेर कलाकारीतालाई अगाडी बढाउदै आएकी थिईन् । थिएटर तथा म्युजिक भिडियोमा काम गरेकी विनाले रेखा थापाको रामप्यारीमा अभिनय गरेकी थिइन् । उनले अभिनय गरेको पिँजडा ब्याक अगेन यहि माघ ५ गतेबाट प्रदर्शन हुदैछ । पिरतीको डोरी, दिन बित्यो लगायत दर्जनौं गीतमा उनले मोडलिङ गरेकी छिन् ।
२०७४ पौष १३ गते ११ ः२० मा प्रकाशित

Nepali
MTV NEPAL MTVNEPAL


