महिला शिक्षित भए मात्र हिँसा कम हुन्छ

पालमा अधिँकास महिलाहरु अशिक्षित छन् । हाम्रो समाजमा छोरी र बुहारीले पढ्न हुदैन घरको काम गर्नुृपर्छ भन्ने सोचाई र बिचार परिवर्तन भईरहेको छ । तर अहिले पनि अशिक्षा र गरिबीका कारण कुनै न कुनै ठाउँमा भने महिला माथि हिँसा भईरहेका छ । महिला र पुरुष समान हुन उनीहरु दुबैले बराबर अधिकार पाउँछन भने पनि हाम्रो समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिला र पुरुषबीच गरिने ब्यबहार भने परिवर्तन भएको छैन । छोरालाई निजी बिद्यालयमा पढाउने र छोरीलाई सरकारी बिद्यालयमा पढाउनु पनि त महिला र पुरुषबीच गरिने बिभेद हो । महिलाका क्षेत्रमा काम गर्दै आईरहेका सङघसस्थाहरुले पनि महिला शसक्तिकरण , महिला अधिकारका बिषयमा सन्देश मुलक कार्यक्रमहरु आयोजना गरेर मानिसहरुलाई सचेत गराएका छन् ।

बालबिबाह , बहुबिबाह र बोक्सीको आरोप जस्ता हिँसाहरु बाट समाजमा महिलाहरु आज पनि पीडीत छन् । जस कारण महिलाहरु सामाजिक , आर्थिक र राजनैतिक क्षेत्रमा पछाडी परेका छन् । सामाजिक मूल्य मान्यता र विश्वासले यस्ता घटना दिनप्रतिदिन बढी रहेका छन् । सामाजिक समस्या समस्या सँग जोडिएका घटनाहरुले समाजका महिलाहरु माथि नकरात्मक असर पारिरहेको छ ।

घरेलु हिँसाबाट धेरै महिलाहरु पीडीत छन । कुनै पनि काम गर्नको लागी शैक्षिक योग्यता भएपनि महिलाहरुले काम गर्न हुदैन भन्ने सोचाईका कारण हरेक क्षेत्रमा महिलाहरु अगाडी बढ्न सकेका छैनन ।

महिलाको क्षेत्रमा काम गर्दै आएको सस्था ग्रामीण महिला सिर्जनशील परिवारले आर्थिक अबस्था कमजोर भएका कारण बिद्यालय जान नपाएका महिलालाई कक्षा १२ सम्म निशुल्क शिक्षाको ब्यबस्था गरेको छ । जसबाट महिलाहरुले पढ्ने अवसर पाएका छन । त्यस्तै गरी अन्य नगरपालिका र गाउँपालिकामा पनि महिलाका लागी यस्ता अवसर दिएमा महिला हिँसा कम हुनेछ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com