काठमाडौं, ५ कात्तिक । आफ्नै बाबुलाई धरिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा रनकाजी भन्ने रन बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले करिब २० वर्ष अघि धारिलो हतियार प्रहार गरी आफ्नै बाबुको हत्या गरेका थिए । काठमाडौं कपन बस्ने काभ्रे नमोबुद्ध नगरपालिका ११ बिमिरे गाउँ घर भएका ४० वर्षीय रनकाजी भन्ने रन बहादुरले २०५७ चैत २९ गते दिउँसो सामान्य घरायसी विवाद हुँदा आफ्नै बाबु धमैसिंह तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या पश्चात फरार रहेका रन बहादुरलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका २ चोभारमा फेला पारी पक्राउ गरेको हो । रन बहादुर उक्त घटना पश्चात् वैदेशिक रोजगारीको सिलसिलामा कुवेत समेत गएर फिर्ता भई आफ्नो वास्तविक परिचय लुकाइ काठमाडौंको विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

Nepali
MTV NEPAL MTVNEPAL


