हिट बने धिरज ः नयाँ चलचित्रमा निर्माताहरुको प्रस्ताप ।

हालै रिलिज इन्टु मिन्टु चलचित्रमा बडा मनपराएका नव नायक धिरज आज भोलि चर्चामा छन् । उनका पहिलो चलचित्र नै सफल भएकाले उनको काम सबैले मन पराएका छन् ।चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट उदाएका नायक धिरज मगरलाई ६ दिनमा ६ चलचित्रबाट अफर आएको छ । चलचित्रकी निर्देशक रेनशा वान्तवा राइले आफूलाई धिरजको समय के छ, चलचित्र खेलाउनु पर्यो भन्दै आधा दर्जन निर्माताले प्रस्ताव गरेको बताइन् ।धिरजको बढ्दो क्रेजलाई मध्यनजर गर्दै निर्माताले चलचित्रमा अफर गरेपनि अहिले नै अन्य निर्माताले उनलाई आफ्नो प्रोजेक्टको हिरो बनाउने अवसर भने पाउने छैनन् ।किनकी, रेनशाले धिरजलाई लिएर चलचित्र ‘आई एम ट्वान्टी वान’ बनाउने घोषणा गरेकी छिन् । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ सफल भएको भन्दै आयोजना गरिएको केक काट्ने कार्यक्रममा बोल्दै धिरजले आफू अहिलेका चल्तीका नायकहरुका लागि कुनै प्रकारको थ्रेट नभएको बताए ।उनलाई पत्रकारले सोधे(‘के तपाई अहिलेका चल्तीका हिरोहरु अनमोल केसी, प्रदिप खड्काका लागि थ्रेट हो रु’ यसमा धिरजले भने(‘मैले बल्ल एउटा चलचित्रमा काम गरेको छु । उहाँहरुले ४(५ वटा चलचित्रमा काम गरिसक्नुभयो । म कसैको लागि पनि थ्रेट होइन । म आफू सफल हुन चाहन्छु ।’

THIS IS ADD AREA
x

Check Also

हलवालाको खाजा र पार्किङ्ग व्यापार ,, यसरी लुटिन्छन् दर्शक

तपाई यदि फिल्म हेर्न हलमा जानुहुन्छ भने तपाईंलाई यो पक्कै थाहा भएकै कुरा हो । हल भित्र प्रवेश गर्नुअघि दर्शकलाई कडा चेकजाँच गरिन्छ । हामीलाई ...

Social Media Auto Publish Powered By : XYZScripts.com