नामको नाम लावादुवा दाम ः नेशनल मेडिकल कलेज विरगंज ।

काठमाडौँ –साउन २३ ः ई.स २००१मा त्रिभुवन विश्वविद्यालय सँग सम्बन्धन प्राप्त यस नेशनल मेडिकल कलेज विरगंजले स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्य लिएर विगत लामो १८ वर्ष देखि स्थापित यस कलेजका म्यानेजिङ्ग डाइरेक्टर मो.वसरुदिन अन्सारी हुन् । यसका प्रिन्सिपल डा. सुप्रिया गुप्ता हुन् । विगत २०६५ चैत १७ गते बारा पर्सामा आएको हावा हुरी(टोर्नाडो)मा परि घाइतेहरुको निःशुल्क उपचार गर्ने भनि समाजिक संजाल मार्फत प्रचार वाजी मात्रै गरेनन् ,सघं सरकारका प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीको सामुन्ने देखि प्रदेश सरकारका मुख्यमन्त्री समक्ष पनि प्रतिवद्वता जाएका मो.वसरुदिन अन्सारी टोर्नाडो पिडितको घाउ जराएका पनि नसुक्दै २०७६ अषाढ १९ गते आफ्ना प्रमुख वितिय अधिकारी मुकेश कुमार शाहद्वारा हस्ताक्षरीत पत्रद्वारा २०७५ जेष्ठ २४ गते सम्मको २३३ घाइते मध्ये इन्डोरमा रहेका ३२ रोगीको विल पछि पठाउने गरि २०१ घाइतेको अस्पताल तथा औषधी खर्च वापत २० लाख ६९ हजार २ सय ५६ रुपैयाँ ७० पैसाको अस्पताल खर्च तत्काल पठाउन पत्राचार गर्यो र उक्त पत्र मुख्यमन्त्रीको कार्यालयमा दर्ता गरायो जसको दर्ता नं २९६५ छ ।

प्रदेश –२ का मुख्यमन्त्रीले नेशनल मेडिकल कलेजको पुरानो निः शुल्क उपचार गर्ने प्रतिवद्वता याद दिलाए पनि कलेज प्रशासनले मानेनन् बरु फेरी २०७६ अषाढ ४ गते जिल्ला प्रशासन कार्यालय, पर्सालाई रकम उपलब्ध गराईदिन भनि कुमारी बैँकको खाता नं ००३०००३७९८१००००१ मा १० लाख ६९ हजार २८ रुपैयाँ जम्मा गराइदिनु अनुरोध गर्दे प्रदेश कार्यालयलाई वोधार्थ पठायो ।

नेशनल मेडिकल कलेजको यस्तो गोरख धन्धा देश र जनताको हकमा हो र ? यदि सः शुल्क उपचार गर्नु थियो भने अरु अस्पताल पनि छन् नत्र निः शुल्क को प्रचारबाजी गरेर प्रदेश सरकार तथा गरिब जनताको पासिनाको कमाइबाट जम्मा गरिएको राहतबाट खाने निऊ हो भनि सर्वसाधारणको बुझाइ छ । कहि उक्त रकम असुल गर्न प्रधानमन्त्रीको सिङ्गापुरको अस्पताल खर्च वसरुदिन अन्सारीले त तिरेका होइनन् ?प्रदेश २ सरकारले ३१ लख ३८ हजार २ सय ८४ रुपैयाँको चेक प्रदान गरि सकेका छन् ा यसको जाँच हुनु आवश्यक छ र यस्तो पिडितलाई ठग्ने ठग कलेजलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।

यस विषयमा हाम्रो संवाद दाताले वसरुसदिन अन्सारी सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन तर कलेजका डाइरेक्टर सँग गर्दा “हामीलाई मुख्यमन्त्री जी आफैले बिल पठाउन भनेको” कुरामा जोड दिए भने मुख्य मन्त्रीले हामीसँग नलिने भनिए पनि पछिबाट आफ्नो नैतिकता गुमाएर बिरामीलाई समेत दःुख दिने गरेको बताए साथै यस्तो कलेजको विरुद्ध जनता आन्दोलित हुनुपर्ने बताए ।

THIS IS ADD AREA
x

Check Also

सुन तस्करीमा संलग्न अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई गृह मन्त्रालयले फिर्ता बोलायो

६० किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक ...

Social Media Auto Publish Powered By : XYZScripts.com