खानेपानीको अभाव : अशुद्ध पानी पिउन बाध्य ।

सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको हो ।सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट बञ्चित भएको स्थानीय रोशन गोइतले गुनासो गरे ।खानेपानीको उचित व्यवस्था नभएकाले यहाँका करीब ९० प्रतिशत ट्युबेलमा आइरनयुक्त पानी खान बाध्य छन् । जोगिया, बराहा, सारसर, नेङडा, धनगढी, काचन, देउरी, फुलकाही खडकपुर, मानराजा र लागपुरलगायत दर्जनौँ गाउँको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट ती क्षेत्रका बासिन्दा बञ्चित छन् ।यस्तै जिल्लाको खडक नगरपालिकास्थित कल्यानपुरमा समेत खानेपानीको अभाव भएको छ । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको कल्यानपुरमा खानेपानीको अभाव भएको स्थानीय वीरेन्द्र साहले बताए ।पानीको मुहानसमेत सुक्न थालेपछि खानेपानीको अभाव भएको हो । सो क्षेत्रमा खानेपानीको काम शुरु नभएका कारण पनि त्यहाँका जनता खानेपानीबाट बञ्चित भएको उनले बताए ।सप्तरीमा गाँजाखेतीको सङ्ख्यामा वृद्धि भएपछि प्रहरीले गाँजा फडानी गर्ने अभियानलाई निरन्तरता दिएको छ । पछिलो पटक जिल्ला प्रहरी कार्यालय सप्तरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले राजविराज नगरपालिका–१२ मा लगाइएको एक हजार गाँजाको बोट नष्ट गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

THIS IS ADD AREA
x

Check Also

Typingगर्न समेत नआउने TUका कर्मचारी,, नक्कली जस्तो सर्टिफिकेट दिएपछि विद्यार्थी तनावमा…

देशकै ठुलो अनि प्रतिष्ठित शैक्षिक धरोहर त्रिभुवन विश्वविद्यालयका अनेक बेथिति अनि विद्यार्थीका गुनासा सुनिसकेपछि वास्तविकता के रहेछ भनेर बुझ्न हाम्रो ‘मिथिला नेपाल टेलिभिजन’को टिम त्यहाँ ...

Social Media Auto Publish Powered By : XYZScripts.com