मात्रै १२ लाखमा अब यसरी बनाउनुस् तपाईले खोजे जस्तै घर

बि.सं. २०७२ सालको बैशाखमा गएको महाभुकम्पमा ६ लाख भन्दा बढी घरहरु भत्किए । घर भत्कदा धेरैले अकालमा ज्यान गुमाउनु पर्यो । त्यस घटनापछि धेरैले घर बनाउँदा सावधानी अपनाउन थालेका पनि छन् । भुकम्प प्रविधि घर निर्माणमा धेरैको चासो पनि बढ्दै गएको छ । बजारमा अहिले भुकम्प प्रतिरोधि घरको अवधारणा पनि आइरहेको छ । यस क्रममा घर निर्माणको लागि इको प्यानल, प्रिफ्याब मात्र नभएर सिमेन्ट स्याण्डविच प्यानल पनि बजारमा उपलब्ध हुन थालेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा ‘सुरक्षित घर मेला २०७३’ शुरु भएको छ । साउन ३१ बाट शुरु दोस्रो संस्करणको यो प्रदर्शनी भदौ २ गतेसम्म चल्नेछ । भृकुटिमण्डपमा चलिरहेको प्रदर्शनीमा अहिले सिमेन्ट स्याण्डविच प्यानलको प्रयोग गरेर बनेका नमुना घर पनि राखिएका छन् ।

यी घर निर्माणमा प्रयोग हुने सामग्रीहरुको छनौटको आधारमा मूल्यमा फरकपन आउने भएतापनि समान्यतया ४ कोठे ८ सय स्वायर फिटको घर १२ देखी १४ लाखमा निर्माण गर्न सकिन्छ । यी घरमा आवश्यकता भएमा एक तल्लासम्म थप्न सकिन्छ । यस्तो घर निर्माण गर्दा अग्नी प्रतिरोधात्मक र तापक्रमको मेन्टनको लागी घरको वालकोबीचमा विभिन्न फाइबरहरु पनि राखिन्छ ।
स्क्वायर फिटको आधारमा यस्तो घरहरुको मूल्य निर्धारण हुन्छ । आफुले घरमा प्रयोग गर्ने सामानहरु अनुसार मूल्यमा अन्तर आउने गर्छ । चलनचल्ति अनुसार प्रतिस्क्वायर फिटको मूल्य १२ देखि २५ सय रुपैयाँ रहेको छ ।
त्यस्तो प्रकारका घरहरुको मूख्य विशेषता भनेको यी घर एक ठाउँमा जडान गरिएको छ भनेपनि पुनः अर्को ठाउँमा लगेर फिटिङ गर्न सकिन्छ । ग्राहकको आवश्यकता अनुसार घरको साइजको निर्माण गर्न सकिन्छ । घर मात्रै नभएर स्कूल, स्वास्थ्य संस्था, अस्पताल लगायतको भवन पनि यही विधिबाट निर्माण गर्न सकिन्छ ।
हाल भुकम्पबाट प्रभावित विभिन्न जिल्लाहरुमा यस्तो प्रकारको घरहरु निर्माण भइरहेका छन् । शहरमा पक्कि घर भएका र आफ्नो कम्पाउन्डमा पर्याप्त ठाउँ हुनेहरुले पनि ‘व्याकअप घर’ को रुपमा यस्तो घर बनाइरहेका छन् । साथै नयाँ घर बनाउनेहरुले पनि यस्तो घरलाई आफ्नो रोजाइमा राखेका छन् ।

घरको पिलर :
सामान्यतया यस्तो प्रकारको घरमा आवश्यकता अनुसार फलामको पिलर प्रयोग गरिन्छ । घरको साइज तथा तल्लाको आकारले पिलरको सङ्ख्या निर्धारण गर्छ । पिलरवाला घरमा जस्तै यस्तो प्रकारको घरमा पनि बिम एक आपसमा कसिन्छ जसले घरलाई बजबुत बनाउँछ ।
घरको पार्टेसन :
घरको पार्टेसन अर्थात हामीले भन्ने गरेको वालको रुपमा एकप्रकारको सिमेन्ट तथा अन्य केमीकलहरुको मिश्रणबाट बनेको हल्का खालको सिमेन्ट स्याण्डविच प्यानलको प्रयोग हुने गर्छ । जसले तापक्रमलाई मेन्टेन गरेर राख्छ । पार्टेसनमा दुइवटा ५० देखी १०० मिलिमिटरको लेयर प्रयोग गर्न सकिन्छ र बीचको ग्याप भर्नको लागि वरपर पाइने विभिन्न वस्तुहरु बोत्तल, प्लाष्टिक, अनावश्यक पुस्तक, कपडा आदीको प्रयोग गर्न सकिन्छ ।
झ्यालढोका : यस्तो प्रकारको घरमा झ्यालढोका पनि फरक फरक डिजाइनको प्रयोग गर्न सकिन्छ, जस्तो काठ, मेटल, सिसा त्यसमा पनि भेराइटिजहरु रहेका छन् ।
घरको छाना :
घरको छाना स्टोन कोटेड हुन्छ जसले तापक्रम नियन्त्रण गर्ने काम गर्छ । साथै पानी परको समयमा आउने आवाजलाई पनि नियन्त्रण गर्ने काम गर्छ । घरको छानाको डिजाइनहरु पनि ग्राहकको रोजाइमा भरपर्छ । यसले पनि घरको मूल्यमा प्रभाव पार्छ ।
यस्ता घरका विशेषताहरुः

  •  भुकम्प प्रतिरोधात्मक
  •  निर्माण गर्न सहज
  •  हल्का घर
  •  बलियो तथा टिकाउ
  •   न्यून लागत
  •  आधुनिक प्रविधि
  •  कम चौडाइको पार्टेसन
  •  पर्याप्त उज्यालो
  •  तापक्रम नियन्त्रण
  •  सफा
  •  अग्नी तथा पानी प्रतिरोधात्मक
  •  घरको आकार बढाउन घटाउन सहज
  •   वातावरण मैत्री

घर निर्माणमा आफुले प्रयोग गर्ने सामग्रीहरुले घरको मूल्य निर्धारण हुन्छ । साथै प्रयोग गर्ने सामग्रीहरुले घरको आयुको पनि निर्धारण गर्छ । सस्तो मूल्यमा तयार गरिएको घरको आयु ३५ वर्ष हुन्छ भने गुणस्तरिय सामानहरुको प्रयोग गरिएको खण्डमा घर ७० वर्षसम्म टिक्छ ।

कहाँ सम्पर्क गर्ने :
यस्ता घरहरु बनाउने कम्पनीहरुको सङ्ख्या झण्डै दर्जनको हाराहारीमा रहेका छन् । ति मध्येका केही कम्पनीहरुमा क्षमादेवी बिल्डिङ्ग प्रा.लि. कौशलटार भक्तपुर, हिमालयन प्रि फ्याव प्रा.ली, भगवतीबहाल, ठमेल काठमाडौं, निर्माण संसार प्रा.लि. सुकेधारा काठमाडौं आदी रहेका छन् ।

THIS IS ADD AREA
x

Check Also

ढाड सेक्दै प्याजको मूल्य, केही दिनमा राहत हुने

एमटिभी डेस्क काठमाडौं । राजधानी काठमाडौंलगायत देशभरि नै प्याजको मूल्य आकासिएको छ । भारतीय बजारमा भएको मूल्यवृद्धिसँगै नेपाली बजारमा प्याजको भाउ उच्चतम अंकमा पुगेको हो ...

Social Media Auto Publish Powered By : XYZScripts.com