मलेशिया रोजगारी नेपालीको सपना बन्दै ।

वैदेशिक रोजगारमा मलेशिया जाने कामदारको सपना अब सपनामा मात्र सिमित हुँदैछ, विदेशमा गएर पैसा कमाउने घर परिवारलाई पाल्ने निम्न वर्गीय व्यक्तिहरुको सपना अब विपनामा पुरा नहुने देखिएको छ । मन्त्री बिष्टले धामचामले सम्झौता गरेका सम्झौता पत्रहरु कार्यनयन कहिले गर्ने नगर्ने अन्योल मै छन् । गत कार्तिक १२ गतेको सम्झौताले वैदेशिक रोजगार सुचारु हुने वातावरण होला कि भनेर बसेका १५ हजार भिषा आएका नेपाली कामदारको आशा फेरि मरेको छ । ठप्प रहेको वैदेशिक रोजगारी झन् बिकट रुप लिदै छ ,नेपाली कामदारलाई सहज गराउने सिलसिलमा ६ महिना देखि नै बन्द रहेको वैदेशिक रोजगारलाई सरकारले अझ पनि खोलाउने कुनै वातावरण बनाई दिएको छैन । सम्झौतालाई अस्वीकार गरेका वैदेशिक रोजगार सघंले बोल्नै छोडि सकेका छन् तर अब ६ महिना सम्म चुप लागेका १५ हजार भिषा आएका नेपाली कामदारलाई मर्का परेको जनाएका छन् । भिषा आएर उड्न नपाएका कामदारलाई यो पिरले सताउन थालेको छ कि उनीहरुको खर्च भएको रकमको जिम्मा कसले लिने ? के उनीहरुले खर्च भएका मेडिकलका रकम लगायत काठमाडौँमा आएर बसेका खाएका अनुमानित रकम रु चालीस करोड कसले दिलाई दिने । अब कलिङ्ग भिषा आइसकेको पासपोर्टमा पुनः अर्को मलेशिया कै कम्पनीमा जानु पर्दा भिषा नलाग्ने र कालोसुचीमा हुने र आजिवन मलेशिया जान रोक्का हुने भन्ने पिरले भिषा आएका कामदारहरुलाई ठूलो नै चिन्ताको विषय बनिसकेको छ ।

वैदेशिक रोजगारमा मन्त्री विष्टले नयाँ कामको थालनीको लागि उनको उद्देश्य रामै र उदारणीय रहे, सुरुवातमा उनले देशका नागरिकलाई रोजगारीको क्षेत्रमा वैदेशिक रोजगारीलाई सहज र सरल बनाउनको लागि GSG,OSC,ISC,MIGRAM, BIOMATRIC बन्द गराएर देखाए तर पुनः GSG,OSC,ISC,MIGRAM, BIOMATRIC जस्ता संस्थाबाट मलेशिया जान मलेशिया सँग श्रम सम्झौता गरिएको देखियो । यदि त्यही खारेज गरेको संस्थाबाट मलेशिया र नेपाल सहमति भए किन अहिले सम्म सुचारु हुन सकेको छैन । के मन्त्री ज्यूले आफना गल्ती स्वीकारेर खारेज भएको संस्था सँग माफी मागी सुचारु गर्ने छ कि ?कि अरु नै विकल्पको खोजी मै हुनुहुन्छ त्यो हेर्नै बाँकी छ । के सम्झौता अनुसार फ्रि भिषा फ्रि टिकट तथा आधा महिनाको सर्भिस् चार्ज मलेशिया कम्पनीले नेपाली म्यानपावरलाई दिन्छ कि ,अर्को देशबाट कामदार भित्राउछ त्यो हेर्ने र सुन्न बाँकी छ ।

साँची नै नेपाल सरकारले अब स्वदेशमा रोजगारीको वातावरण बनाई दिने रणनितिमा लागी परेको छ त्यसैले होला आजकल पनि विदेशबाट फर्किएका कामदारलाई तथा देश भित्रको वेरोजगार युवालाई बिना धितो व्यावसायी गर्न चाहनेहरुलाई ७ प्रतिशत व्याजमा लोन दिन प्रक्रिया गदैै छ । विदेशबाट कमाएको रकमले जिविका चलाएका युवाहरुलाई के यहाँको व्यावसाही र तलबले पर्याप्त होला ? के जसरी एक निम्न वर्गीय व्यक्तिहरुलाई वैदेशिक रोजगारीले बासँ, गास र कपासलाई सरल पारी सपना पूरा भएको छन् त्यस्तै यहाँको कमाइले थाम्न सक्ला र ? यद्दपी वैदेशिक रोजगारीले एक पक्ष वैदेशिक रोजगार व्यावसायीलाई मात्रै या अन्य क्षेत्रलाई नि फाइदा छ त्यो सोच्नुपर्ने एक महत्वपुर्ण विषय बनेको छ ।

THIS IS ADD AREA
x

Check Also

विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालयको ६४औँ वार्षिक उत्सव

चन्दा्रगिरी नगरपालिकाको नमुना विद्यालय विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालय सतुङगलको ६४आँै वार्षिक उत्सवको उपलक्षयमा संञ्चालीत कार्यक्रम नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यका सञ्चालित तथा सम्पन्न ...

Social Media Auto Publish Powered By : XYZScripts.com