मन्त्री विष्टको ठूलो उपलब्धीः मलेशियाको मेडिकल ७६६४ ।

काठमाडौं,३० भदौ । यस भन्दा अगाडि मलेशियाको स्वास्थ्य परिक्षण गर्दै आएका ३६ वटा स्वास्थ्य संस्थाले आजदेखि स्वास्थ्य परिक्षणको शुल्क ह्वात्तै बढाएका छन् । मलेशियाको रोजगारी खोलेको हप्ता दिन पनि नपुग्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण शुल्कमा भारी बृद्धि गरेको हो । यस भन्दा अगाडि मलेशिया जाने कामदारले प्रतिव्यक्ति चार हजार पाँचसयमा स्वास्थ्य परिक्षण गाराउँदै आएका थिए भने अव देखि मलेशिया जाने हरेक कामदारले ७६६४ तिर्नु पर्ने भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मन्त्रालयको सहमतीमा उक्त शुल्क बढाइएको हो की ती सुचिकृत ३६ स्वास्थ्य संस्थाहरुले आफुखुशी शुल्क वृद्धि गरेका हुन त्यसको आधिकारिकता भने आउन बाँकी नै छ । सरकारले १२२ स्वास्थ्य संस्थाहरुलाई मलेशियाको स्वास्थ्य परिक्षण गर्न सुचिकृत गरे पनि थप ८६ स्वास्थ्य संस्थाहरुले भने आगामी नोभेम्बर सम्म कुर्नु पर्ने भएको छ ।
गत हप्ता श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव राम प्रसाद घिमिरेको नेतृत्वमा चार सदस्यीय टोली मलेशिया पुगेर तत्कालका लागि यस भन्दा अगाडि मलेशियाले सुचिकृत गरेका ३६ बायोमेट्रिक मेडिकल सेन्टरबाट स्वास्थ्य परिक्षण गर्ने गरी मलेशियाको रोजगारी खुल्ला गराए लगत्तै ती स्वास्थ्य संस्थाहरुले स्वास्थ्य परिक्षणको शुल्कमा भारी मात्राले बृद्धि गरेका हुन् । ८६ सुचिकृत स्वास्थ्य संस्थाहरुलाई आगामी नोभेम्बर महिना सम्म मलेशियाले निरिक्षण गरेर सुचिकृत गर्ने सहमती भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यसलाई ठूलो उपलब्धीका रुपमा लिए पनि वैदेशिक रोजगारीको लागि मलेशिया जाने गरिब नेपालीको भने ढाड सेकिएको छ ।

THIS IS ADD AREA
x

Check Also

कम्पनीका संचालक तलब नदिई फरारः डेढ सय नेपालीहरुको कतारमा बेहाल ।

कतारमा डेढ सय नेपालीहरु अलपत्र परेका छन् । उनीहरु कतार स्थित हम्टान नामक कम्पनीमा काम गर्दै आएका थिए । हाल हम्टान अन्तराष्ट्रिय कम्पनीका मालिक नै ...

Social Media Auto Publish Powered By : XYZScripts.com