बालकुमारीको अस्तव्यस्त ट्राफिक।

काठमाडौँ साउन १७ ः कोटेश्वर र बालकुमारी बिचको मनोहरा नदीको पुलको पश्चिम दक्षिण छेउबाट जाने सडकले बालकुमारीको रिङ्गरोडको दक्षिणमा बसोबास गर्ने सवारी साधन भएका हजारौ बासिन्दालाई ट्राफिक व्यवस्थाले अनाहक अप्ठेरो मात्रै बढाएको छैन,इन्धन खर्च पनि बढाएको छ । महानगरपालिकालाई अरु वडावासीले कर तिरे जस्तो बालकुमारीबासीले तिरेको छैन र?दिनहुँ सबारीबाहकहरु बलकुमारीबाट कोटेश्वरको आधा किलोमिटरबाटो तय गर्न अनावश्यक ग्वार्को सम्मको ३ कि.मि घुम्तिमा जानु पर्छ अनि मात्रै कोटेश्वर पुग्ने ट्राफिक नियमले बालकुमारीबासी सास्ती बेहोरी रहेका छन् । यदि जनतालाई दःुख दिन मात्रै सरकार र सरोकारबालाको नियत हो भन्ने केही भन्नु छैन नत्र यसको व्यवस्थापन तत्काल गर्नु पर्ने होइन र ?यस समस्याको समाधानको दुई वटा सजिलो उपाय छ । पहिलो यदि मनोहरा पुलको पश्चिम तिरबाट पुलको तल रहेको विगतको बाटो जुन २० मिटरको छ । त्यसलाई ढलान गरियो भने पुलमूनिबाट सजिले सवारी साधनले आवत जावत गर्न सक्छ र दैनिक ग्वार्को सम्मको घुम्तीको चक्करबाट सवारी चालकलाई राहत हुन्छ भने अर्को  विकल्प पुलको पश्चिम पट्टीको बाटोको बीचमा ट्राफिक बिट राख्दा पनि तत्कालीन समाधान निकाल्न सकिन्छ । बालकुमारी बासीको भनाईमा यदि तत्कालै बाटो व्यवस्थित गरिएन भने हामी आन्दोलन गछौ तसर्थ तत्काल यस तिर सरकारको ध्यान जाओस् र समस्याले निकास पाओस् ।

फोटो ः पुलमूनिको बाटो

THIS IS ADD AREA
x

Check Also

तरकारीको मूल्यले आकाश नै छुदाँनि प्रतिवेदन कार्यान्वयन हुन सकेन ।

काठमाडौँ – बजारमा आजभोलि तरकारीको मूल्यले दुई छाक टार्न नि असहज भईसकेको आम जनताहरुले जानकारी गराएका छन् । दिनहुँ तरकारीको मूल्य समझेर नै बजार जान मन नलागेको ...

Social Media Auto Publish Powered By : XYZScripts.com