प्रदेश सरकार बलिदानी दिवस मनाउदै, माघ ५ गते सार्वजनिक विदा

प्रदेश सरकार बलिदानी दिवस मनाउदै, माघ ५ गते सार्वजनिक विदाजनकपुरधाम,
माघ ४ मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाउने भएको छ । प्रदेश सरकारले विरगंजमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ ।शहीद परिवारलाई सम्मान समेत गरिने उक्त कार्यक्रममा सहभागी हुन मधेश आन्दोलनमा प्रदेश नं. २का सम्पूर्ण शहीद परिवारलाई जानकारी गराइएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले माघ ५ गते सार्वजनिक विदाको घोषणा समेत गरि सकेको छ । प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसरपारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको थियो । तर प्रदेश सरकारको गठन पश्चात गत वर्ष देखी प्रदेश सरकारले उक्त दिवस मनाउन थालेका छन । गत वर्ष प्रदेश सरकारले सिरहाको लहानमै बलिदानी दिवस कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष विरगंजमा आयोजना गर्न लागेका हुन ।

THIS IS ADD AREA
x

Check Also

कलंकी बल्खु सडक खण्डको दुरदशा ।

कलंकी बल्खु सडक खण्डको दुरदशा । चीन सरकारले दुई तिन महिना मात्र अगाडि हस्ताअन्तण गरेको सडक खण्ड आज फेरी सडक माफीयाहरुले प्रधान मन्त्रीको फागुन महिना ...

Social Media Auto Publish Powered By : XYZScripts.com