नेपालमा समाजवाद की सत्तावाद ?

नेपालको वर्तमान राजनितिक अवस्थालाई नियालेर हेर्न हो भने यो शैद्धान्तिक समाजवाद तर व्यवहारीक सत्तावाद जसलाई पूजिवाद पनि भन्न सकिन्छ चलि रहेको छ ।
समाजवादको विकासको अर्थ धन सम्पतिको स्वाभित्व र वितरण समाजको नियन्त्रणमा हुनुपर्ने हो । समाजवादले निजि सम्पतिको अधिकारको विरोध गर्छ । यसले हाम्रो जिवनमा रहेको व्यक्तिगत नियन्त्रणलाई विस्थापित गरेर समाजिक नियन्त्रण स्थापित गर्नु पर्ने हो । आरिकालमा साम्यवारी व्यवस्था प्रचलनमा हुँदा हरेक सदस्यको आवश्वयकता अनुसार साधन सो्रत उपलब्ध गराइन्थ्यो । वर्ग अनुसार फरक फरक अधिकार र कर्तव्य तोकिन्थ्यो । समाजका ताकतवर समुदाय या व्यक्तिको अधिकार बढी हुन्थ्यो जसलाई सैन्य साम्यवाद पनि भनिन्छ ।समय परिवर्तन सँगै १७ औ शताब्दीमा इंग्लेण्डमा समाजवादको बिउ राखियो तर फा्रन्सले समाजवादलाई पहिलो चोरी स्विका गरियो र जर्मनी हुँदै युरोपियन राष्ट्रहरुमा यो वाद लोकप्रिय हुँदै गयो ।वैज्ञानिक समाजवादको उदयमा विशेष पहल माक्र्स र एंगेल्स को रहयो । यहि वैज्ञानिक समाजवादलाई आज विश्वभर माक्र्सवादले जानिन्छ । २०औ शताब्दीमा विश्व बजार लिन सफल समाजवाद यहि माक्र्सवाद नै हो जसमा बर्गिय अन्तरलाई काम गर्ने साम्यवादको सहारा लियो जसले समाजवाद भित्र कम्युनिष्टहरुलाई पनि अटाउने ठाँउ बनायो । नेपाल पनि यो समाजवाद बाट अछुतो रहन सकेत परिणाम स्वरुप वि.पिको समाजवादले देशभर शैद्धान्तिक ठाँउ लियो तर व्यवहारीक रुपले नेतृत्व पंक्तिको सत्ताबारी चरित्र र समाजको पुजीवादी सोच नै हावि रह्यो । जसको परिणाम समाजवाद उन्मूख हुन सकेन । अब समाजवादको नयाँ स्वरुप नौलो जनवादको रुपमा विकसित भएर गयो जसको व्यवहारिक अवसान मदन भण्डारीको मृत्यु सँगै भयो । पुन ः माओवादको प्रष्फुटन नेपालमा स्वाभाविक थियो प्रचण्ड सँगै उदाएको माओवाद पनि कालखण्ड बित्दै जादाँ शैद्धान्तिक समाजवादमा रुपान्तरण भयो तर व्यवहारमा माक्र्सवाद अटाउन नसक्दा पुन ः माओवाद कै सिद्धान्तमा अडकेका नेतृत्वहरु सघंर्षको तयारीमा छन् भने समाजवादका सिद्धान्त लिएर अगाडि आइ रहेका नेतृत्वहरु त्यो चाहे उपेन्द्र यादव होउन या बाबुराम भट्टराई नै होउन ।
शिद्धान्त तह ः माक्र्सवादी भएपनि व्यवहारमा सत्तावादी नै देखिएको वर्गिय र जातिय अन्तर कम हुन सकेको छैन । सम्पूर्ण दलहरु समाजवादी विधान भएर पनि व्यवहारिक सत्तावाद र भतावादको हजारौ उदाहरणहरु भेटिन्छ यो राष्ट्रमा जसले राष्ट्रमने भविष्यमने दिशा अझै निर्धारण गर्न सकेको छैन । समय मै सबै सजग नभए नेता त सत्ता पाउलान् तर राष्ट्रले के पाउला भन्न सकिन्न ।

THIS IS ADD AREA
x

Check Also

समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण : गृहमन्त्री थापा

काठमाडाैंः  गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन ...

Social Media Auto Publish Powered By : XYZScripts.com