कोकटी खेति संकटमा

भोजपुर– आधुनिकतासँगै नेपाली मौलिक संस्कार एवम् सस्कृतिहरु दिनानुदिन लोप भैरहेका छन्। युवापुस्ताको चासो नहुनुले पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा नेपाली मौलिकता दिनदिनै लोप भैरहेका छन्। यस्तै उदाहरण छ, पूर्वी पहाडी जिल्ला भोजपुरको कोकटी व्यवसायको।

एक समय भोजपुरको पहिचान बनेको कोकटी तथा कपास खेती अहिले आएर संकटमा परेको छ। आदिवासी जनजातीहरुको मौलिक पहिचानका रुपमा रहेको कोकटीबाट कपडा तयार गरिने घरेलु उद्योग यतिखेर लोप भैसकेका छन्। विशेष गरेर जिल्लाको पूर्वी जरायोटार, चरम्बी र याकु गाविसहरुमा सञ्चालित उद्योगहरु लोप भैसकेका छन्। आदिवासी जनजातीहरुको छुट्टै पहिचान बोकेको कोकटी व्यवसाय दिनदिनै संकटमा पर्दै गएको छ।

कोकटी खेतीबाट घरेलु उत्पादनका कपडाहरु उत्पादन हुन छाडिसकेको छ। १२ वर्षअघिसम्म गाउँमा घरलौरी व्यवसायिक रुपमा सञ्चालन हुँदै आएको यो व्यवसाय संकटमा परेको छ। विदेशी आयातित पहिरनले नेपाली उत्पादित पहिरनलाई प्रतिस्थापन गरेकाले व्यवसाय आझेलमा पर्दै संकटमा पुगेको चरम्बीका स्थानीयहरु बताउँछन्। विदेशी लत्ताकपडा रंगीविरगीं र सस्तो दरमा समेत पाउन थालेपछि स्थानीय उत्पादनका कपडामा ध्यान नजाँदा व्यवसाय ओझेलमा परेको उनीहरु बताउँछन्।

कोकटीबाट उत्पादित कपडा टिकाउ हुने भए पनि उत्पादनका लागि बढी मेहनत गर्नुपर्ने र झन्झटिलो हुने कारण युवापुस्तामा हस्तातरण नहुँदा पहिचान नै लोप हुन लागेको छ। ‘एक सिजन कपास उब्जाउन खेती लगाएर ६ महिना कर्नुपर्छ। खेती भिœयाउनुर्छ। बुन्नुपर्छ । यस्तो दुःख गर्ने जमाना अहिले छैन।’

चरम्बी–३ की कोकटी उद्यमी ६३ वर्षीया रानीमाया राईले बताइन्। कोकटी उत्पादनका लागि फागुन÷चैत्र महिनामा खेतीयोग्य जमीन तयार गर्नुपदर्छ। वैशाखमा छरेर असोज महिनामा कपास तयार हुन्छ। त्यसपछि  २ देखी ३ महिनासम्म कपडा बुन्न सकिन्छ। ‘एकमासमा उत्पादन हुने १५ केजी जति कपासले १ देखि डेढ लाख सम्म आम्दानी लिन सकिन्छ,’ रानीमायाले बताइन्।

एक दशक पहिला महिलाहरुका लागि हलुका काम घर बसिवियाँलो पनि हुने आम्दानी पनि हुने सबैका घरमा घरेलु उद्योग थिए। अहिले ३ घरमा मात्रै कपास खेती र कपडा उत्पादन गर्ने गरेका छन् । अहिले बनावटी कपडा घरेलु उद्योगमा तयार पारिएको भन्दा कम मुल्यमा र सहज रुपमा पाउने भएकाले यो पेशा संकटमा परेको जरायोटारबासीहरुको भनाइ छ। ‘पहिले त बाध्य भएरै कोकटी कपासबाट तयार गरेको कपडा लगाउनु पथ्र्यो,’ इन्द्रसुर राईले भने।

कपासबाट तयार गरिने दौरासुरुवाल प्रतिसेट १५ हजार देखि २० हजारसम्म पर्दछ। गाउँमै खपत हुने कोकटी धनकुटा, संखुवासभा, सुनसरीलगायतका जिल्लामा निर्यात हुँदै आएको छ। यसबाट उत्पादित तयारी कपडा युके, हङ्गकङ्ग लगाययतका विदेशमा अर्डर हुने गरेको छ। यो पेशालाई सबैले त्यागिसकेका कारण माग धान्न गाह्रो भएको उद्यमीहरुले बताए। ईश्वरले रंगाएको रंगका रुपमा लिइने कोकटीलाई स्थानीय भाषामा ‘ज्यापु’ भन्ने चलन छ। पृथ्वी नारायण शाहले एकीकरणका क्रममा कोकटी तथा कपासबाट बुनेको कपडा लगाएर युद्ध लडेको जरायोटारबासीको विश्वास रहँदै आएको छ।
यसरी ऐतिहासिक र छुट्टै अस्तित्व बोकेको कोकटी उत्पादन फैलावटमा कसैले चासो नदिएको उद्यमीहरुको गुनासो छ। यसका लागि सरोकारवाला निकायहरुले बेलैमा ध्यान दिनसके पहिचान र मौलिकताको जगेर्ना हुनुका साथै स्थानीय अर्थतन्त्र मजुबुत हुनेमा दुई मत देखिँदैन।

THIS IS ADD AREA
x

Check Also

ढाड सेक्दै प्याजको मूल्य, केही दिनमा राहत हुने

एमटिभी डेस्क काठमाडौं । राजधानी काठमाडौंलगायत देशभरि नै प्याजको मूल्य आकासिएको छ । भारतीय बजारमा भएको मूल्यवृद्धिसँगै नेपाली बजारमा प्याजको भाउ उच्चतम अंकमा पुगेको हो ...

Social Media Auto Publish Powered By : XYZScripts.com