एम्बाप्पे र नेयमारको उत्कृष्ट खेल सँगै जित ।

काठमाडौं । पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले फ्रेन्च लिग वान फुटबलमा लियोनलाई ५–० गोलको भारी अन्तरले पराजित गरेको छ ।पहिलो हाफमा १–० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा ४ गोल गर्न सफल भएको थियो । खेलको नवौं मिनेटमा नै नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।किम्पेम्बेले ३२ औ मिनेटमा रातो कार्ड मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो । यता, टोसेटले पहिलो हाफको अन्तिम समयमा डबल पहेँलो कार्ड खादै रातो कार्ड पाएपछि लियोन पनि १० खेलाडीमा समेटिएको थियो ।एम्बाप्पेले १३ मिनेटभित्र ४ गोल गर्न सफल भए । चमात्कारिपूर्ण प्रदर्शन गरेका एम्बाप्पेले खेलको ६१औ मिनेटमा गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि अर्थात खेलको ६६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई तेब्बर अग्रता दिलाए ।खेलको ६९औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि खेलको ७४ औ मिनेटमा गोल गर्दै एम्बाप्पेले चार गोल गर्दै पीएसजीलाई ५–० गोलको जित दिलाएका हुन् ।

THIS IS ADD AREA
x

Check Also

भारत र पाकिस्तान प्रतिक्षित भिडन्त आज ।

काठमाडौं । एसिया कप क्रिकेट अन्तरगत समूह चरणको सर्वाधिक प्रतिक्षित भिडन्त आज हुँदैछ । चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको यो भिडन्त हेर्न क्रिकेटप्रेमीहरु आतुर छन् । ...

Social Media Auto Publish Powered By : XYZScripts.com